




काठमाडौँ । लाइबेरियन झण्डा बोकेको कार्गो जहाज इटर्निटी सीमा यमनको तटमा लाल सागरमा आक्रमण भएको छ । सो घटनामा दुई चालक दलका सदस्यहरू मारिएका छन् ।

अन्तर्राष्ट्रिय समुद्री संगठनको लाइबेरियाको प्रतिनिधिले जहाजमाथि भयानक आक्रमण र दुई नाविक मारिएको बताएका छन् ।
बेलायतको समुद्री व्यापार सञ्चालन एजेन्सीले साना डुङ्गाहरूबाट प्रहार गरिएको रकेट-प्रोपेल्ड ग्रेनेडले जहाजलाई क्षति पुर्याएको थियो। आक्रमणपछि, जहाज समुद्रमा ढल्किएको छ ।

रोयटर्सका अनुसार, इटर्निटी सी जहाजमा कुल २२ जना चालक दलका सदस्यहरू छन्, जसमध्ये ११ जना फिलिपिन्सका र एक जना रूसका हुन् ।
अहिलेसम्म कुनै पनि समूहले यो आक्रमणको जिम्मेवारी लिएको छैन।



