साउनको पहिलो सोमबार पशुपतिमा भक्तजनको भिड

imagesimages

 

काठमाडौँ । साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा भिड रहेको छ ।  आज पशपतिका चारै ढोका खोलिएको र  भक्तजनहरुको सुविधा, सुरक्षा र उचित व्यस्थापनका लागि विशेष व्यवस्था गरेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

Nepal life insurance

साउन र देवताहरुका पनि देवता महादेवबीच गहिरो सम्बन्ध छ । साउन महिना भगवान शिवलाई अत्यन्त प्रिय छ । हरिशयनी एकादशी अर्था आषाढ शुक्ल एकादशीमा भगवान् विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान् शिवले सृष्टि सञ्चालनको जिम्मा लिन्छन् ।

त्यस्तै, सूर्य पनि साउनबाट नै दक्षिणतर्फ ढल्किन थाल्छन् अर्थात् साउनबाट दक्षिणायन सुरु हुन्छ । त्यसैले यस समयमा ग्रहहरु कमजोर हुनुका साथै वर्षाका कारण विभिन्न रोगव्याधिले संक्रमण लाग्ने सम्भावना भएकाले पनि भगवान् शिवको आराधना गर्दै व्रत बस्ने चलन छ । साउनमा हिन्दूहरु शिवको मन्दिरमा गएर भगवान् शिवप्रति श्रद्धा अर्पण गर्दछन् । साउनको सोमवार शिवभक्तहरु व्रत बस्ने गर्दछन् । साउनको सोमवार शुद्ध हृदयले व्रत बसेर भगवानको पूजा आराधना गरेमा अन्य दिनको तुलनामा कयौं गुणा फल प्राप्त हुने शिवपुराणमा उल्लेख छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । तर यस पटक भने चार सोमबार रहेका छन् । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ ।

पशुपतिमा विशेष व्यवस्था

पशुपति क्षेत्र विकास कोषले श्रावण महिनाको सोमबारमा हुने विशेष पूजा-दर्शनको विशेष व्यवस्था गरको जनाएको छ । श्रावण महिनाभर विशेषतः सोमबारका दिनहरुमा पशुपति क्षेत्रमा भक्तजनहरुको अत्यधिक भिडभाड हुने हुँदा पशुपति क्षेत्र विकास कोषले भक्तजनहरुको सुविधा, सुरक्षा र उचित व्यस्थापनका लागि विशेष तयारी गर्दै आएको छ, यस अन्तर्गत निम्न सुविधाको व्यवस्था गरिएको छ ।

१.      निःशुल्क खानेपानी, मोबाइल शौचालय र स्वास्थ्य सहायता केन्द्रको व्यवस्था ।

२.      दर्शन व्यस्थापनको लागि प्रवेश र निकासको स्पष्ट रेखांकन तथा प्रहरी सहायताको व्यवस्था ।

३.      स्वयंसेवक, प्रहरी र सुरक्षाकर्मीको समन्वयमा लाइन व्यस्थापन ।

४.      आन्तरिक सरसफाई तथा फोहोर व्यवस्थापन ।

५.      भिड नियन्त्रणका लागि सिसिटिभी निगरानी र सूचना प्रणालीको व्यवस्था ।

६.      भक्तजनलाई सहयोग पुग्ने उद्देश्यले सूचनाकक्ष एवं माइकमार्फत सूचना प्रसारणको प्रयोगबाट नियमित जानकारीको व्यवस्था ।

७.      विशेष पूजाका लागि विशेष लाइनमार्फत व्यवस्था ।

८.      भक्तजनको आवत-जावत सहजीकरणको लागि निःशुल्क बस सेवाको व्यवस्था ।

९.      भक्तजनहरूको सहजताकालागि खोज/तलास केन्द्रको व्यवस्था ।

 

Nepal life insurance