बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुग्यो

imagesimages

 

काठमाडौँ । बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकाको कलेजमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

Nepal life insurance

बंगलादेशको मिडिया डेली स्टारका अनुसार कलेजमा कक्षा चलिरहेको बेला भएको एयर फोर्सको जेट दुर्घटनामा २० जनाको मृत्यु भएको र २ जनाको उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा १७१ जना घाइते भएका छन् । घाइते कैयौंको अवस्था गम्भीर रहेको रिपोर्टमा उल्लेख छ ।

विमान ढाकाको उत्तरा मोडेल टाउनको सेक्टर ११ स्थित गरिब-ए-नेवाज एभिन्यूमा रहेको माइलस्टोन स्कूल र कलेजको मुख्य क्याम्पसमा खसेको थियो ।

बंगलादेश वायुसेनाले दुर्घटनाको अनुसन्धान गर्न र यसको कारण पत्ता लगाउन उच्चस्तरीय समिति गठन गरेको छ । सेनाले पाइलट, फ्लाइट लेफ्टिनेन्ट तौकिर इस्लाम, नियमित प्रशिक्षण मिसनमा रहेको र जेटको यान्त्रिक विफलताको सामना गरेपछि दुर्घटना भएको जनाएको छ । साथै सेनाले वास्तविक कारण अनुसन्धानपछि पत्ता लाग्ने बताएको छ ।

सेनाले पाइलटले विमानलाई घना बस्ती भएका क्षेत्रहरूबाट टाढा लैजान खोजेको तर उनको प्रयासका बाबजुद विमान स्कूल भवनमा ठोक्किएको बताएको छ ।

 

Nepal life insurance