जनार्दन शर्माको प्रश्न- ९ पटक कम्युनिष्टको नेतृत्वमा सरकार बन्दा गरिबी किन हटेन ?

imagesimages

 

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नौ पटक कम्युनिष्टको नेतृत्वमा सरकार बनेपनि देशमा गरिवी नहटेको बताएका छन् ।

४७औं पुष्पलाल स्मृतिमा वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन विषयक कार्यक्रममा बोल्दै शर्माले ९ पटक कम्युनिष्टको नेतृत्वमा सरकार बनेपनि गरिवीको अवस्था परिवर्तन नभएको बताए । शर्माले भने- ‘९ पटक कम्युनिष्टको नेतृत्वमा देशमा सरकार बनेको छ । यस अवस्थामा गरिवीको अवस्था के छ, लाखौ लाखौ छोराहरुई विदेशको भूमिमा पासिना बगाएका छन्, देशको जमिन बाजो छ, खण्डहर बन्दै छ, यो आज इतिहासको प्रश्न हो, कम्युनिष्ट नेतृत्वप्रतिको गम्भीर प्रश्न हो, हामीले किन गर्न सकेनौं या किन गरेनौं भन्ने प्रश्न हो ।’

Nepal life insurance

यो प्रश्नको उत्तर आजका कम्युनिष्ट पार्टीहरुले दिनुपर्छ भन्दै शर्माले आ आफ्ना पार्टी भित्रको अवस्था फेर्न सके मात्र यी प्रश्नको जवाफ आउने बताए । उनले संबिधानले निर्देशित गरे अनुसारको ऐन कानुन बनाउन नसक्दा देशले असफलता भोगेको दाबि गरे । उनले भने- ‘संबिधानमा समाजवादी उन्मुख अर्थतन्त्र भनेको छ, तर हामीले त्यस अनुसारका कानुन बनाएका छैनौं, ऐन कानुनहरु त्यसका विपरित बनाएका छौं, संबिधानले निर्देशित गरेका कानुन बनाउन नसक्नु नै अहिलेको सबै भन्दा ठुलो असफलता हो ।’

शर्माले राज्य पुनर्संरचनाको एजेन्डालाई थाती राखेर सत्ता प्राप्तिमा लागेकोले अहिले नतिजा नआएको भन्दै पुरानै संरचनाले नयाँ राजनीतिक नेतृत्वलाई निर्देशित गरेका कारण अहिले समस्या आएको बताए ।

शर्माले कम्युनिष्ट पार्टीहरुमा जनवादिता नभएर केन्द्रीयता बढेको भन्दा अहिलेका कम्युनिष्ट नेतृत्वले आलोचना सहनै नसक्ने अवस्थामा पुगेको बताए ।  उनले भने- ‘शर्माले कसरी गठबन्धन गर्ने ? कसरी सत्तामा पुग्ने ? कसरी पैसा कमाउने ? भन्ने मात्र बहस गरिरहेका छौं । नेतृत्वको वरिपरी झुम्मिने प्रवृति बढेको र नेतृत्वले पनि नजिक रहेकालाई पुरस्कार दिने गरेको देखिन्छ । अहिले कम्युनिष्ट नेतृत्वले आलोचना सहन नसक्ने अवस्थामा पुगेको छ भने पार्टीमा जनवादिता सकिएर केन्द्रीयतामा बदलिएको छ ।

images

शर्माले अहिलेको नेपालको कम्युनिष्ट आन्दोलन चौबाटोमा अल्मलिएको अवस्थामा रहेको बताएका छन् । उनले भनेका छन्- चौबाटोमा अलमलिएको कम्युनिष्ट आन्दोलनको सदस्यको रुपमा अहिले आफैप्रति प्रश्न गरिरहेको छु । यो भौतारिरहेको अवस्थाबाट कसरी अगाडी बढ्ने भन्ने प्रश्न अहिले रहेको छ । उनले शहिदहरुले गरेको त्याग, उत्पीडित वर्गले गरेको विश्वासको कठघराबाट इतिहासले सोधेको यक्ष प्रश्नको जवाफ दिन सक्छौ या सक्दैनौं भन्ने महत्वपूर्ण प्रश्न रहेको बताए ।

 

images

 

Nepal life insurance

images