निजामती विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो

imagesimages

 

काठमाडौं । संघीय निजामती सेवा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

Nepal life insurance

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रस्तुत गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० लाई दफावार छलफलका लागि विधायक व्यवस्थापन समिति पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको हो ।

प्रतिनिधिसभा बैठकबाट सर्वसम्मत पारित भएको उक्त विधेयकमा रहेको ‘कुलिङ पिरियड’ बारे हेरफेर गरिएको विषय संसदीय समितिले छानबिन गरिरहेको छ । कुलिङ पिरियडलाई राष्ट्रियसभाबाट सच्याउने भनिए पनि एमालेका केहि सांसदहरूले कुलिङ पिरियड नै हटाउनुपर्ने संशोधन प्रस्ताव दर्ता गराए पछि सत्ता गठबन्धनमा यो विषय विवादको विषय बनेको छ ।

त्यस्तै राष्ट्रियसभाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ लाई पनि दफावार छलफलका लागि विधायन व्यवस्थापन समिति पठाएको छ ।

 

Nepal life insurance

अन्य समाचारहरु