काठमाडौ । महिलाहरूको महान चाड हरितालिका तीजका अवसरमा काठमाडौँको पशुपतिलगायतका महदेव मन्दिरमा हिन्दू महिला व्रतालुहरूको ठूलो भीड लागेको छ ।
विवाहित महिलाले आफ्ना श्रीमान्को लामो आयु तथा सुस्वास्थ्यको कामना र अविवाहित महिलाले असल पति पाउने आशामा निराहार र निर्जल बसी आजको दिन शिव मन्दिरमा गई पूजाअर्चना गर्नाका साथै उन्मुक्त वातावरणमा आज बिहानैदेखि नाचगानसमेत गरिरहेका छन् ।
भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।
यस पर्वका अवसरमा मन्दिर, पाटी र पौवामा बसेर घरको हेंला र माइतीबाट हुने बेवास्थालाई गीति भाकामा विरह पोख्ने महिलाहरूले हिजो