




काठमाडौँ । रूसको सुदूर पूर्वी अमुर ओब्लास्टमा एउटा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ ।


एन्टोनोभ एन-२४, अंगारा एयरलाइन्सद्वारा सञ्चालित विमानमा ४३ यात्रु र छ जना चालक दलका सदस्यहरू रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
चीनको सिमानामा रहेको अमुर क्षेत्रको टिन्डा शहरको गन्तव्य नजिक पुग्दा विमान राडारको सम्पर्कबाट बाहिरिएको बताइएको छ ।



