रुसमा सम्पर्कविहिन विमानको भग्नावशेष भेटियो, यात्रु जीवित हुने सम्भावना कम

imagesimages

 

काठमाडौँ । रूसको सुदूर पूर्वी अमुर ओब्लास्टमा सम्पर्कविहीन भएको यात्रुवाहक विमानको भग्नावशेष भेटिएको छ ।

रुसी मिडियाहरुले विमानको भग्नावशेष भेटिएको र यात्रुहरु जीवितको सम्भावना निकै कम रहेको उल्लेख गरेका छन् ।

एन्टोनोभ एन-२४, अंगारा एयरलाइन्सद्वारा सञ्चालित विमानमा ४३ यात्रु र छ जना चालक दलका सदस्यहरू रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

चीनको सिमानामा रहेको अमुर क्षेत्रको टिन्डा शहरको गन्तव्य नजिक पुग्दा विमान राडारको सम्पर्कबाट बाहिरिएको बताइएको छ ।

 

Nepal life insurance