फ्रान्सले प्यालेस्टाइनलाई आधिकारिक देशको मान्यता दिने

imagesimages

 

काठमाडौँ । फ्रान्सले प्यालेस्टाइनलाई आधिकारिक देशको मान्यता दिने भएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले यस वर्ष सेप्टेम्बरमा प्यालेस्टाइनलाई आधिकारिक रूपमा मान्यता दिने बताएका छन् । राष्ट्रपति म्याक्रोनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यसको औपचारिक घोषणा न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभाको सत्रमा गरिने बताएका छन् ।

उनले भनेका छन्- ‘आजको सबैभन्दा ठूलो आवश्यकता भनेको गाजामा युद्ध अन्त्य हुनु र नागरिकहरूलाई बचाउनु हो । शान्ति सम्भव छ । हामीलाई तत्काल युद्धविराम, सबै बन्धकहरूको रिहाइ र गाजाका जनतालाई ठूलो मात्रामा मानवीय सहायता चाहन्छौं ।’

Nepal life insurance

म्याक्रोनले अगाडी भनेका छन्- ‘मध्य पूर्वमा न्यायपूर्ण र दिगो शान्तिको लागि मेरो ऐतिहासिक प्रतिबद्धताको अंशको रूपमा, मैले निर्णय गरेको छु कि फ्रान्सले प्यालेस्टाइनलाई एक राष्ट्रको रूपमा मान्यता दिनेछ । हामीले हमासको निशस्त्रीकरण, साथै गाजाको सुरक्षा र पुनर्निर्माण सुनिश्चित गर्नुपर्छ ।’

प्यालेस्टिनी अधिकारीहरूले म्याक्रोनको निर्णयको स्वागत गरेका छन्, तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो कदमको आलोचना गर्दै यो आतंकवादलाई पुरस्कृत गर्नु जस्तै भएको टिप्पणी गरेका छन् ।

हाल, संयुक्त राष्ट्र संघका १९३ सदस्य देशहरूमध्ये १४० भन्दा बढीले प्यालेस्टाइनलाई मान्यता दिएका छन् । स्पेन र आयरल्याण्ड लगायत युरोपेली संघका केही देशहरू पनि यसमा समावेश छन् । तर इजरायलका मुख्य समर्थकहरू, संयुक्त राज्य अमेरिका र बेलायत लगायत यसका सहयोगीहरूले प्यालेस्टाइनलाई मान्यता दिएका छैनन् ।

 

 

Nepal life insurance