तराई-मधेशलाई राहत प्याकेज घोषणा गर्न नारायणकाजीको सरकारसँग माग

imagesimages

 

काठमाडौँ । नेकपा माओवादी केन्द्रक वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खडेरी बेहोरी रहेको तराई-मधेशका लागि राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

श्रेष्ठले मधेश प्रदेशका सबै जिल्लाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको अवस्थामा यस घोषणाले तत्कालको आवश्यकता राहत प्याकेजलाई सम्बोधन गर्ने कदम चाल्ने माग गर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्- वर्षा हुन नसकेको कारण आमरुपमा गर्मी बढेको छ भने तराई – मधेशले खडेरी व्यहोर्नु परिरहेको छ ।खेतमा रोपाईं हुन नसकिरहेको मात्र होइन ,खाने पानीमा समेत समस्या उत्पन्न भएको छ ।यस सन्दर्भमा प्रदेश सरकारले मधेशलाई सुखा क्षेत्र घोषणा गरेको छ भने संघीय सरकारले  मधेश प्रदेशका सबै जिल्लाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । घोषणाले तत्कालको आवश्यकता राहत प्याकेजलाई सम्बोधन गर्ने कदम चाल्ने माग गर्दछ ।तर  अहिले सम्म सरकारले त्यसतर्फ समुचित  ध्यान दिन सकेको छैन ।तत्काल राहत प्याकेज घोषणा गरियोस् ।

 

Nepal life insurance