मोदीको तीन बर्षको विदेश भ्रमणको खर्च २९५ करोड !

imagesimages

 

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन बर्षमा विदेश भ्रमणमा २९५ करोड भारु खर्च गरेको देखिएको छ । भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश भ्रमणमा भएको खर्चको विवरण संसदमा पेश गर्दै यो जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार २०२५ मा हालसम्म पाँच देशको प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा ६७ करोड भन्दा बढी खर्च भएको छ । त्यस्तै २०२१ देखि २०२४ सम्ममा मोदीको विदेश भ्रमणमा २९५ करोडभन्दा बढी खर्च भएको विदेश मन्त्रालयले जनाएको छ ।

तृणमूल कांग्रेसका नेता तथा राज्यसभा सांसद डेरेक ओब्रायनको प्रश्नको लिखित जवाफमा विदेश मन्त्रालयले मोदीको विदेश भ्रमणको खर्च बारे जानकारी दिएको हो।

विदेश मन्त्रालयले २०२५ मा हालसम्म गरेका भ्रमणहरूको विवरणमा फ्रान्स, अमेरिका, थाइल्याण्ड, श्रीलंका र साउदी अरेबिया सहित पाँच देशको भ्रमण समावेश छ । मन्त्रालयले यस वर्ष भ्रमण गरिएका बाँकी नौ देशहरूको बिलको प्रक्रिया अझै जारी रहेको बताएको छ ।

 

Nepal life insurance