टेस्ट क्रिकेटमा धेरै रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिए जो रुट

imagesimages

 

काठमाडौँ । इङल्याण्डका ब्याट्सम्यान जो रुट टेस्ट क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् ।म्यानचेस्टरमा भारतविरुद्ध जारी रहेको टेस्ट सिरिजको चौथो टेस्टमा १२० रन बनाएसँगै रुटले अष्ट्रेलियाका रिकी पोन्टिङलाई उछिन्दै दोस्रो स्थानमा उक्लिएका हुन् । पोन्टिङले १३ हजार ३७८ रन बनाएका थिए भने रुटले अब उनलाई उछिनेका छन् ।

रुटभन्दा अगाडी सचिन तेन्दुलकरले टेस्ट क्रिकेटमा सर्बाधिक १५ हजार ९२१ रन बनाएका छन् । टेस्ट क्रिकेटमा दक्षिण अफ्रीकाका ज्याक कालिसले १३ हजार २८९ र भारतका राहुल द्रविडले १३ हजार २८८ रन बनाएका छन् ।

३४ बर्षिय रुटले टेस्ट क्रिकेटमा योसहित ३८ शतक बनाएका छन् । उनले १५७ खेलका २८६ इनिंगमा ३८ सतक बनाएका छन् ।

 

Nepal life insurance