भारतविरुद्धको चौथो टेस्टमा इङल्याण्ड बलियो अवस्थामा

imagesimages

 

काठमाडौँ ।  भारतविरुद्धको चौथो टेस्टमा इङल्याण्डले शानदार ब्याटिंग गरेको छ ।  तेस्रो दिनको खेल सकिदा इङल्याण्डले पहिलो इनिंगमा ७ विकेट गुमाउदै ५४४ रन बनाएपछि १८६ रनको अग्रता बनाउदै आफुलाई बलियो रुपमा प्रस्तुत गरेको छ ।

Nepal life insurance

इङल्याण्डका लागि जो रुटले कीर्तिमानी ब्याटिंग गर्दै १५० रन बनाए ।  आफ्नो टेस्ट क्यारियरको ३८ औं टेस्ट शतक बनाएका रुटले टेस्ट क्रिकेटमा धेरै रन बनाउने सुचीमा आफुलाई दोस्रो स्थानमा पुर्याएका छन् ।  उनी अब सचिन तेन्दुलकरपछि दोस्रो धेरै टेस्ट रन बनाउने खेलाडी बनेका छन् ।

त्यस्तै इङल्याण्डका बेन डकेटले ९४ रन बनाए भने ज्याक क्रवलीले ८४ रन बनाए । त्यस्तै ओली पोपले ७१ रन बनाए ।  हाल कप्तान बेन स्टोक्स ७७ रन बनाएर अविजित छन् भने उनलाई लियाम डवसनले २१ रन बनाएर साथ दिइरहेका छन् ।

त्यस्तै भारतकाबलर रविन्द्र जडेजा र वाशिंटन सुन्दरले २-२ विकेट लिए भने जसप्रित बुमराह, मोहमद सिराज र अन्शुल काम्बोजले एक एक विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले पहिलो इनिंगमा ३५८ रन बनाएको थियो ।

५ खेलको यस सिरिजमा हाल इङल्याण्ड २-१ ले अगाडी रहेको छ ।

 

Nepal life insurance