– उमाकान्त पाण्डे “गाउंले”
नेपाली समाज आबुधाबी क्षेत्रीय समिती द्वारा भलिबल प्रतियोगिता आयोजना गरिएको यूएई ब्यापी खुल्ला भलिवल प्रतियोगिता सुरु भएको छ।
खेलको उद्घघाटन बिहीवार एक कार्यक्रमका बिच बिभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थितीमा नेपाली दुतावास आबुधाबीका उपनियोग प्रमुख तथा हालका कार्यबाहक राजदुत दिपक अधिकारीले गरे। आयोजक नेपाली समाज आबुधाबी क्षेत्रीय समितीका अध्यक्ष सुर्य गिरीको शभापतित्वमा सम्मन्न कार्यक्रमलाई काठमाण्डौ रेस्टुरेन्ट आइकार्ड ले प्रायोजन गरेको छ भने मिडिया सहयोगीमा अर्घाखाँची डट्कम् रहेको छ ।
जम्मा १० समुह ले प्रतिस्पर्धा गरेको खेलमा पहिलो चरणका खेल बाट छानिएका समुह मध्ये बाट आज शुक्रबार अन्तिम तथा फाइनल खेल हुँदैछ।
आजको अन्तिम तथा फाइनल खेल पाल्पाली समुह आइकार्ड र काठमाण्डौ रेस्टुरेन्ट आबुधाबी बिच हुँदै छ ।
मुस्लिम समुदायको पवित्र पर्व ‘इद’को अवसर पारेर सेप्टेम्बर १ तारिख शुक्रबारका दिन आबुधाबीको आइकार्डमा नेपाली समुह बिच भलिवल प्रतियोगिता आयोजना गरिएको हो।
आज साझ ५ बजे बाट खेल सुरु हुने भएकोले खेल अवलोकनका लागि उपस्थिती जनाउन आयोजकले नेपाली समुदायलाई आग्रह गरेको छ।