श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ

imagesimages

 

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका-१३ झरूवारासी डेरा गरी बस्ने मकवानपुर घर भएकी २० वर्षीया डोल्मा वाइवाको हत्या गरेको अभियोगमा उनकै श्रीमान ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ३० वर्षीय मदन बहादुर स्याङतानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

Nepal life insurance

विवादको क्रममा मदनले चक्कु प्रहार गरी डोल्माको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँ र प्रहरी प्रभाग धापाखेलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Nepal life insurance