सेलेब्रेटी व्वाक नामक फेसन शो आयोजना

होटेल र्‍यापडसिनमा "सेलेब्रेटी व्वाक" फेसन शो आयोजित

 

गत शुक्रबार होटेल र्‍यापडसिनमा सेलेब्रेटी व्वाक नामक फेसन शो आयोजना गरियो । नेपाली चलचित्र र मिडीयाका चर्चित अनुहारहरु पहिलो पटक र्‍याममा देखा परे ।

 

यसको परिकल्पनाकार र कोरियोग्राफर जयन सुब्बा मानन्धर हुन् । पार्टी फियस्टा र दर्‍याम्पले आयोजना गरेको सेलीब्रेटी व्वाकमा वरिष्ठ नाइका करिश्मा मानन्धर, र्सिजना बस्नेट, नम्रता श्रेष्ठ, उषा खड्की , निशा अधिकारी , ऋचा शर्मा , रीमा विश्वकर्मा, स्नेहा शर्मा । फोटोग्राफर अनुप्रकाश, मोडेल दीपक घिमिरे, नायक विमलेश अधिकारी , गाइका ईन्दीररा जोशी,गायक बाबु बोगटी आदिले र्‍यापमा व्वाक गरेका थिए ।

 

त्यसैगरी अतिथिको रुपमा व्वाक गर्नेहरुमा राजभाई सुवाल, स्नेहा राणा जि.पि तिमलसिना, दिलमुराम पाठक र सिर्जना वस्नेत रहेका थिए । बौद्धिक अपांगता भएका बालबालिकालाई संरक्षण दिदै आएको बालुवाटारस्थित नवज्योति केन्द्रको सहयोग आयोजित सेलिब्रेटी व्वाकमा सौरम आचार्यको डिजाइनमा साडी, उत्तम बनेपालिको ट्रेडिस्नल वेयर, क्रियेटिभ ग्रुपको क्रियेटिम वेयर, मञ्जु बञ्जारको लेहंगा तथा सञ्जिता श्रेष्ठको गाउन वेयर पहिरिएर कलाकारहरुले व्वाक गरेको थिए ।

 

नाइका करिश्मा मानन्धर र उनकि छोरी कविता मानन्दरले संगै र्‍याममा व्वाक गरेर कार्यक्रमलाई थप मनोरंञ्जन प्रदान भयो । सेलिब्रेटी व्वाकको शो स्टपरको रुपमा पहिलो नेपाली चलचित्रकाी नाइका भुवन चन्द्र रहेकी थिइन् । फेसन शो वाहेक विवोइङ्ग डिजे गिरिश र गायक धिरज राईको प्रस्तुति रहेको थियो ।