




काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई मान्यता दिने बेलायतको मनशायलाई स्वागत गर्नुभएको छ । यसलाई दुई–राज्य समाधानलाई अगाडि बढाउने दिशामा एक कदमका रुपमा लिएको बताउनु भयो ।

बेलायतले प्रतिवन्ध वा पूर्वशर्त बिना सकेसम्म चाँडो यो ऐतिहासिक निर्णय लिने अपेक्षा आफूले गरेको बताउनु भयो । उहाँले इजिप्टको लामो समयदेखिको अडानलाई पुष्टि गर्नुभयो ।


बेलायती प्रधानमन्त्री स्टारमरले बेलायतले सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको बैठकमा प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताउनुभएको थियो । गत हप्ता फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र संघको महासभाको ८० औं सत्रमा फ्रान्सले प्यालेस्टाइन राज्यलाई आधिकारिक रूपमा मान्यता दिने पुष्टि गर्नुभयो ।



