सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन घाइते

imagesimages

 

सिन्धुली । सिन्धुलीमा रुख ढल्दा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१, बस्तीपुरमा झरीबाट बच्न ओत लागिरहेका बालबालिकामाथि रुख ढलेपछि ९ वर्षीय सार्की थिङ र १६ वर्षीया शान्ता गोलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार दिउँसो करिब साढे ३ बजे वर्षाबाट बच्न ओत लाग्न टहरामा बसेका बालबालिकामाथि अचानक ठूलो रुख ढलेको थियो ।

घटनामा अन्य तीन बालबालिका पनि गम्भीर घाइते भएको प्रहरीले बताएको छ । घाइते १४ वर्षीया सिर्जना माया र १५ वर्षीया सन्ध्या भोललाई थप उपचारका लागि हेटौडा रिफर गरिएको छ भने ७ वर्षीय सुशील थिङको स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

 

Nepal life insurance