डडेल्धुरामा तीन तीन वर्षमा मनाईने सुदूरपश्चिमकै ठूलो भुत जात्रा सम्पन्न

डडेल्धुरामा तीन तीन वर्षमा मनाईने सुदूरपश्चिमकै ठूलो भुत जात्रा सम्पन्न भएको छ । गाउँमा भुतहरुले अशान्ती नमच्चाउन भन्ने उद्देश्यका साथ भुत जात्रा मनाउने गरिन्छ । जात्रामा सहभागी हुन कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र भारतीय शहरबाट समेत मानिसहरु डडेल्धुरा आएका थिए ।

 

रुपाल गाविसको जाँखगाउँका रोगी र भोगी सुनी नाम गरेका दुई माझीले महाकाली नदीमा माछा मार्न जादाँ जालमा भुत परेपछि त्यसै दिनदेखि भुत जात्रा मनाउन थालिएको जनविश्वास छ । भुतहरु खुसी पार्न जोगेनी पहाडमा बोका काटी ३ सय ६४ टुक्रा पारि पुजा शुरु गरिन्छ ।