अस्ट्रेलियामा ‘द टप इन्ड टी-२०’ सिरिज खेल्ने नेपाली टिमको घोषणा

imagesimages

 

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियामा हुने ‘द टप इन्ड टी-२० सिरिज’ खेल्ने नेपाली टिमको घोषणा गरेको छ ।

क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र ललित राजबंशी रहेका छन् ।

Nepal life insurance

अस्ट्रेलियाको नार्थर्न टेरोटोरी क्रिकेटले आयोजना गर्ने यो प्रतियोगिता आगामी अगस्त १४ देखि २४ सम्म अस्ट्रेलियाको डर्विनमा हुदै छ ।

प्रतियोगितामा नेपालसहित पाकिस्तान र बंगलादेशका ए टिम सहभागी हुदैछन् भने शिकागो किंग्समेन, होबर्ट हुरीकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, एसिटी कमेट्स, र एनटी स्ट्राइक सहभागी हुदैछन् ।

नेपालले १५ अगस्तमा एनटी स्ट्राइकसँग, १६ अगस्तमा बंगलादेश ए मा, १८ अगस्तमा मेलवर्न स्टार्ससँग, १९ अगस्तमा होबर्ट हुरिक्यान्ससँग, २० अगस्तमा मेलवर्न रेनेगेड्स र २२ अगस्तमा पाकिस्तान ए सँग खेल्ने तालिका भएको छ ।

२०२२ देखि भएको यो प्रतियोगिता यसअघि तीन पटक भएको छ । २०२२ मा ५ टिमबाट शुरु भएको यो प्रतियोगितामा यस पटक ११ टिमले भाग लिने भएको आयोजकले जनाएका छन् ।

images

 

Nepal life insurance

images