आफ्नै १७८ कार्यकारी आदेश मध्ये ट्रम्पले उल्टाए ३४ वटा निर्णय

imagesimages

 

वासिंगटन डिसी, १९ साउन । अमेरिकी राष्ट्रपति ट्रम्प सत्तामा आएको १९४ दिन नाघेको छ । तर, उनको यो कार्यकाल अबधिमा उनले उथलपुथल र यु टर्न गर्न बाध्य भएको देखिएको छ।

Nepal life insurance

सबैभन्दा ठूलो अस्थिरता महसुल नीतिहरूमा देखिएको छ। अहिलेसम्म ट्रम्पले ट्यारिफ सम्बन्धी २८ वटा निर्णयमा यू–टर्न लिइसकेका छन् ।

ट्रम्प प्रशासनले अहिलेसम्म रेकर्ड १७८ कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेको छ, जसको अर्थ हरेक दिन लगभग एक नयाँ आदेश आएको देखिन्छ। तीमध्ये ३४ वटा निर्णय यस्ता छन्, जसलाई ट्रम्पले नै उल्ट्याएका छन् ।

उदाहरणका लागि, अनुसन्धान कोष फ्रिज गर्ने आदेश मात्र ३ दिनमा उल्टाए भने ग्याँस र ऊर्जा क्षेत्रमा दिएको राहत फिर्ता लिने निर्णयले पनि दुई सातापछि यु–टर्न लिनु परेको थियो ।

अवैध आप्रवासीहरू माथिको क्र्याकडाउन देखि लिएर ट्यारिफ र एलजीबिटीक्यु अधिकारसम्म ट्रम्पले आफ्ना आदेशहरूसँग धेरै यू–टर्नहरू भएका छन, जसका कारण उद्योग जगतमा सबैभन्दा बढी भ्रम छाएको छ ।

images

साथै, अमेरिकी अदालतहरूमा ट्रम्प प्रशासनका आदेशहरू विरुद्ध मुद्दाहरूले भरिएका छन्। अमेरिकाको संघीय अदालतहरूमा निर्णय उल्टाउने र कानुनी विरोधको दबाब निकै बढेको छ । ‘मेक अमेरिका ग्रेट अगेन’को नाममा ट्रम्पले लिएका निर्णयमा यू–टर्न लिएर प्रशासनलाई भ्रममा पार्ने र जनतालाई अन्योलमा पारेको विज्ञहरुले जनाएका छन् ।

images

अमेरिकाका अदालतहरूले पनि ट्रम्पले सोचविचार नगरी लिएका निर्णयहरूमा कडाइ गरिरहेको छ । अदालतले हालसम्म ट्रम्प प्रशासनको आदेशविरुद्ध दायर गरिएका २०० भन्दा बढी मुद्दामा रोक लगाएको छ।

यी धेरै जसो केसहरूमा, संघीय अदालतहरूले हस्तक्षेप गरेका छन, उदाहरणका लागि, जन्म–अधिकार नागरिकता समाप्त गर्ने प्रयासहरू धेरै संघीय न्यायाधीशहरूले तुरुन्तै रोक लगाएका थिए । यसलाई १४ औं संशोधनको उल्लङ्घनको रूपमा रोकिएको हो ।

images

 

Nepal life insurance