भाद्र २२ ललितपुर । ज्यापु समाज यल खेलकूद उप-समितिको आयोजनामा ज्यापु प्रज्ञा भवन भोलागणेश-९ मा साचालन भईरहेको ज्यापु कप राष्ट्रव्यापी खुल्ला फिडे रेटिङ्ग वुद्धिचाल प्रतियोगिता रोचक मोडमा पुगेको छ । आज सम्पन्न भएको आठौं र नवौं चरणसम्ममा नेपाल च्याम्पियन वदि्रलाल नेपाली पूर्व नेपाल च्याम्पियन सुरविर लामा र नविन तण्डुकार साढे सात अंक प्राप्त गरी उपाधिको नजिक पुगेका छन् ।
वद्रीलालको अपराजित यात्रालाई फिडे मास्टर मनिष हमालले आठौं चरणको खेलमा हराई पूर्णविराम लगाए भने नवौं चरणमा उनले उत्कृष्ट प्रदर्शन गरिरहेका अनरेटेड ललितपुरका कृष्णमान महर्जनमाथी कठिन जित हात पारे । सुरविरले पनि राम्रो प्रदर्शन गर्दै आठौं चरणमा ईन्द्रचोक क्लवद्वारा आयोजित प्रतियोगिताका विजेता रिजेन्द्र राजभण्डारीमाथी सहज जित हात पारे भने नवौं चरणमा भक्तपुरका उमेश सैंजुलाई माथ गरेका थिए ।
नविनले पुरानेा लयमा पुनरागमन गर्दै दुवै खेलमा सफलता गर्ने क्रममा आठौंमा मकवानपुरका २०६६ रेटेड कृष्ण थापालाई हराए भने नवौं खेलमा वद्रीलाललाई पराजित गरी हौसिएका मनिष हमाललाई पराजित गरे । उत्कृष्ट प्रदर्शन गर्ने क्रममा उनले कालो गोटी लिई कृष्णलाई किङ्गस इन्डियन डिफेन्स प्रणालिमा लगातार दवाव िदंदै ४६सौं चालमा खेल छाड्न लगाए भने मनिषसंगको खेलमा सेतो गोटी लिई ईङ्गलिस डिफेन्स प्रणालिमा मनिषले १९ औं चालमा घोडा गलत ठाउँमा राखेको फाइदा उठाउँदै ५५औं चालमा खेल परित्याग गर्न वाध्य पारेका थिए ।
मनिष कृष्ण थापा र रिजेन्द्र राजभण्डारी साढे ६ अंक प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् । कृष्णले आठौं चरणको खेलमा मनिषलाई पराजित गरेका थिए भने रिजेन्द्रले नवौं खेलमा भेट्रान च्याम्पियन रविन्द्र शाक्यमाथि विजय प्राप्त गरे ।
६ अंक प्राप्त गरी संयुक्त रुपमा तेस्रो स्थानमा खेलाडीहरुमा ललितपुरका रविन्द्र शाक्य हेराकाजी महर्जन कृष्णमान महर्जन कान्तिपुर चेस क्लवका मिलन रोका द हिमालयन चेस क्लबका प्रेमकृष्ण महर्जन भक्तपुरका विकास कुलुजु भक्तपुरका गणेशमान दुवाल उमेश सैंजू मोरङ्गका पूर्णराज खड्का स्टान्डर्ड चाटर्ड बैंकका पुरुषोत्तम चौलागाई रहेका छन् ।<
त्यस्तै साढे ५ अंक प्राप्त गर्नेहरुमा राजन पुरी अन्नपूर्ण उमाविका विजय डंगोल वावुराजा महर्जन रत्न व्याजनकार रमेश भण्डारी र अविरल राई रहेका छन् । भोलि विहान ९ः०० वजे फाइनल चरणको खेल हुनेछ भने अपरान्ह २ः०० वजे रा।खे।प।sा सदस्य सचिव युवराज लामाको प्रमुख आतिथ्यतामा समापन तथा पुरस्कार वितरण समारोह हुनेछ ।