पाउनु पर्ने सुबिधा नपाएको अर्घाखाँचीका बिद्यालय कार्यालय सहयोगीको गुनासो

– प्रेमनारायण आचार्य 


अर्घाखाँची २३ भदौ । अर्घाखाँची जिल्लामा रहेका बिद्यालयका अधिकांस कार्यालय सहयोगीहरुले आफुहरुले सरकारबाट पाउनु पर्ने सेबासुबिधा नपाएको गुनासो गरेका छन् । 


उनीहरुले सरकारको निर्णय अनुसार २०६७ साउन देखि प्राथमिक तहका कार्यलय सहयोगीले बार्षिक ४२ हजार पाउनु पर्नेमा अधिकांसले बार्षिक १६ हजार मात्र पाउदै आएको बताए । निमाबि र माबिका कार्यलय सहयोगीको अबस्था पनि उस्तै किसिमको रहेको उनीहरुको भनाई छ । 


नेपाल बिद्यालय कर्मचारी परिषद अर्घाखाँचीको दोस्रो भेलामा बोल्ने अधिकांस कार्यलय सहयोगीले बताएका छन् । 


कार्यक्रममा जिल्ला शिक्षा अधिकारी मित्रमणि खनाल नेपाल शिक्षक युनियनका अध्यक्ष यादब प्रसाद घिमिरे  स्रोत ब्यक्ति हरिप्रसाद भुसाल  चेतनारायण बेल्बासे शैक्षिक गण्तान्त्रिक मंचका सुबास चन्द्र  बन्जाडे लगायतले  मन्तब्य राखेका थिए ।


कार्यक्रम नेपाल बिद्यालय कर्मचारी परिषद अर्घाखाँचीका अध्यक्ष प्रमोद गौतमको अध्यक्षता  भक्तिराम नेपालीको संचालन र  कृष्णप्रसाद पाण्डेको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।



 













 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.




अन्य समाचारहरु