प्रचण्डलाई सचिव कार्कीले भनेः ‘क्रान्तिको नेतृत्व गर्न पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी छैन’

imagesimages

 

‘नयाँ भनेर क्रिम पाउडर लगाएर आएकाहरुले हामीलाई प्रतिष्थापन गर्न सक्दैनन्’ः सचिव कार्की

नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले अब समाजको नेतृृत्व मजदुर, किसान र श्रमजीवि जनताले गर्ने बताउनुभएको छ ।
मजदुर, किसान र श्रमजीवि जनताको मुद्दा बोक्ने विचार नै अबको नविनतम राजनिति भएको उहाँले बताउनु भयो । हाल संसारभर नै पुँजीपति वर्गले समाजको नेतृत्व गरिहेको उल्लेख गर्दै उहाँले पुँजीवादको विकल्पमा समाजवादी व्यवस्था आउने र त्यसको नेतृत्व किसान श्रमजीवि वर्गले गर्ने दाबी गर्नुभयो । सबैभन्दा नविनतम राजनिति भनेको नै मजदुर किसानको नेतृत्वमा चल्ने राज्य व्यवस्था रहेको उहाँको भनाई छ । एजेन्सी सँग कुरा गर्दै उहाँले अब समाजको नेतृत्व सामान्त वा पुँजीपतिले गर्न नसक्ने दाबी गर्नुभयो । नयाँ भनेर अरु क्रिम पाउडर लगाएर आएकाहरुको पनि राजनितिमा खासै अर्थ नभएको उहाँको भनाई छ । यद्यपि किसान, मजदुरको प्रतिनिधि भन्ने दलहरुले आफ्नो औचित्य पुष्टी गर्न नसकेको खण्डमा भने नयाँ शक्तिको उदय हुने सचिव कार्कीले बताउनु भयो ।

Nepal life insurance

उहाँले भन्नुभयो, ‘प्रजातन्त्रको वाहक भनेको राजनितिक दलहरु हुन्, यी दलहरुले आफ्नो औचित्य सावित गर्न सकेनन् । हामी मजदुर किसानको प्रतिनिधि भन्छौँ तर उनीहरुको प्रतिनिधि बनेको औचित्य हामीले सावित गर्न सकेनौँ भने अब त्यो खालको रिक्तता रहँदैन, अर्को आउँछ । यो नियम हो । तर हामीलाई प्रतिस्थापन गर्न हामी भन्दा क्रान्तिकारी विचारधारासहित आउनुपर्छ । हावा कुरा गरेर, लक्ष्य बिनाका कुरा गरेर, रणनिति बेगरका कुरा गरेर, स्टन्ट गरेर आउनेहरुले चाहीँ हामीलार्ई प्रतिस्थापन गर्न सक्दैनन् । यदी त्यस्तो प्रतिस्थापन कहीँ भयो भने त्यो दुर्भाग्य हुनेछ ।’ 

उहाँले माओवादी पार्टीले २०६३/२०६४ पछि पार्टीलाई जुन कार्र्यदिशामा लैजानुपर्ने हो त्यतातिर लैजान नसकेको बताउनु भयो । उहाँकाअनुुसार पार्टीले मजदुर किसानको राजनितिक वर्चश्व हुने खालको एउटा नयाँ कार्यदिशा, रणनिति अगाडी सार्नुपर्ने थियो । तर आफूहरु सतही कुरामा नै रुमल्लिएर बसेको उहाँको भनार्ई छ । सोही कारण जनता, मजदुर, किसानलाई माओवादी पार्टी पनि पुरानै संसदीय व्यवस्थावादी पार्टी भएको भन्ने भान परेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले मजदुर किसानको राजनितिक वर्चश्व हुने खालको एउटा नयाँ कार्यदिशा, नयाँ रणनिति अगाडी सार्नुपथ्र्र्यो, त्यो सार्नको लागी शास्त्रीय अर्थमा भन्दाखेरी हामीले लेलिन र रोजा, ग्राम्छी र चे ग्वाभारा जस्ता माक्र्सवाद माथी योगदान गर्ने नेताहरुलाई यहाँ ल्याउनपथ्र्यो । तर हामी कहाँ के बहस भयो भन्दाखेरी विद्रोह गर्ने कि संविधान लेख्ने भन्ने असाध्यै सतही कुरामा हामी अल्मलियौँ । हामीले एउटा नयाँ बाटो दिनुपथ्र्यो । हामीले जुन युद्ध गरेर आएका थियौँ, सेना, जनसेना, जनसत्ता, सर्वहारा अधिनायकत्व भन्ने कुराहरु चाहीँ फेरेपछि अब मजदुर किसानको राजनिति वर्चश्व कायम गर्ने खालको अर्र्को लार्ईन लिनपथ्र्यो । त्यो लाईनमा स्वभाविक रुपमा हामी चुक्यौँ ।’ 

सबैभन्दा बढी महत्व अक्षर, ज्ञानलाई दिनुपर्र्नेमा माओवादी पार्टी त्यसमा चुकेको उहाँले बताउनु भयो । युग अनुकुल, समय अनुकुलको कार्यदिशा विकास गर्न नसकेको उल्लेख गर्नुहुँदै उहाँले त्यो कार्यदिशा विकास गर्न कुनै छलफल नै हुन नसकेको बताउनु भयो । तर आफुले भने निरन्तर यो मुद्दालाई उठाइरहेको उहाँले बताउनु भयो ।
नेपाल १९९० देखि नै विश्व पुँजीबादी प्रणालीमा बाँधिएकोले यहाँका उद्योग, कलकारखाना सबै निजीकरण भएको उहाँको दाबी छ । स्वास्थ्य, शिक्षा जस्तो कुरालाई निजीकरण गरिएर व्यापारको विषय बनाईएको उहाँले बताउनु भयो । राजनितिक पार्टी खासगरी नेकपा एमालेको ठूलो हिस्सा शिक्षा र स्वास्थ्यको व्यापारमा गएको उहाँको आरोप छ । समाजवादको बीज अंकुरण हुने ठाउँ शिक्षा र स्वास्थ्य नै व्यापारमा गएको उहाँले बताउनु भयो । नेपालको शिक्षा व्यवस्था फेर्न खोज्ने हो भने कम्युनिष्ट पार्टीभित्रैबाट ठूलो प्रतिवाद हुने उहाँको भनाई छ ।

images

उहाँले भन्नुभयो, ‘आज पनि नेपालमा नेपालको शिक्षा व्यवस्था फेर्न खोज्ने हो भने कम्युनिष्ट पार्टीले शिक्षा व्यवस्था फेर्न खोज्ने हो भने हाम्रो ठूलो प्रतिवाद त पार्टी भित्रै हुन्छ । जसले शिक्षाको व्यापार गरिरहेका छन्, स्वास्थ्यको व्यापार गरेर लाभांश लिइरहेका छन्, तिनीहरु नै पहिला विरोधमा आउँछन् । त्यो सँगसँगै विश्व पुँजीबाद अगाडी आउँछ । त्यो सजिलो छैन । त्यसले ठूलो तनाव, संघर्ष सिर्जना गर्छ ।’ 

यहाँको शिक्षा, स्वास्थ्य, कृषि प्रणालीलाई फेर्नमा आफूहरु चुकेको उहाँले बताउनु भयो । नेपालको कृषि अहिले उत्पादक र उपभोक्ताको बीचमा दलालतन्त्र बनेको उहाँको भनाई छ । त्यो दलाल तन्त्रलाई भत्काउन सजिलो नभएको उहाँले बताउनु भयो । उहाँले पार्टी सरकारमा जाँदा पनि किसानको पक्षमा काम गर्न नसकिएको बताउनु भयो । 

images

उहाँले भन्नुभयो, ‘हामीले सरकारमा गएपछि मजदुर किसानको पक्षमा के के विल ल्यायौँ त ? कतिवटा विद्ययेक चाहीँ पास गरायौँ त ? नेपालमा वामपन्थीहरु धेरै वर्षदेखी सत्तामा छन् । नेपाली काँग्रेस पनि आफूलाई समाजवादी भन्छ । तर नेपालमा नेपालको शिक्षालाई फेर्ने विधेयक आयो ? नेपालको शिक्षा प्रणाली परिवर्तन भयो त ? नेपालको स्वास्थ्य प्रणाली फेरियो त ? फेरिएको छैन ।’

images

पार्टी विघटन गर्न सकिएन भने पुनःगठन हुँदैन
माओवादी सचिव कार्कीले पार्टीलाई विघठन गर्न सक्नुपर्ने बताउनुभएको छ । पार्टीको, सत्ता सबै कुराको निश्चित आयु हुने भएकोले पार्टीलाई निरन्तर विघटनको प्रक्रियामा लैजानुपर्ने उहाँको भनाई छ । पार्टीलाई आवधिक र आंशिक रुपमा विघटन गर्न सक्नुपर्ने भन्दै उहाँले विघठन गर्न सकिएन भने पुनःगठन गर्न नसकिने बताउनु भयो । पार्टीलार्ई विघटन गरेर नयाँ कार्यदिशा दिनुपर्नेमा उहाँको जोड छ । कार्र्यदिशाको मूल केन्द्रमा मजदुर र किसानलाई राखेर उनीहरुको पक्षपोषण हुने खालको कार्यदिशा लिएर अगाडी जान सकिएमा पार्टी रिभाईबल हुने उहाँको भनाई छ । कम्युनिष्ट आन्दोलनमा यस्तो हुने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको, सत्ताको कुनैपनि कुराको आयु हुन्छ । व्यक्तिमा जस्तै पार्टीमा, सत्तामा पनि कमजोरीहरु हुन्छ । तर त्यहाँ त्यसलाई निरन्तर विघटनको प्रक्रियामा लैजानुपर्छ । माओत्सेतुङको भाषामा भन्ने हो भने चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति चल्यो त्यो बेलाको एउटा सार के हो भने पार्टीलाई पनि आवधिक रुपमा र आंशिक रुपमा विघटन गर्न सक्नुपर्छ । विघठन गर्न सकिएन भने पुनःगठन हुँदैन । यो जीवनको नियम हो ।’ 

महाधिवेशनमा पार्टी विघटन भएपछि त्यसलाई फेरि नयाँ शिराबाट पुनःगठन गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । यो प्रक्रिया अपनाउन सकिएन भने महाधिवेशन पनि चण्डी, रुद्री, सत्यनारायणको पूजा लगाएजस्तो मात्रै हुने उहाँको भनाई छ । कर्मकाण्डी महाधिवशेन, सम्मेलन, बैठकको कुनै अर्थ नहुने उहाँले बताउनु भयो । आलोचनात्मक चेत कुण्ठित भए त्यो अगाडी बढ्न नसक्ने उहाँको भनाई छ । उहाँले हाल पार्टीभित्र भइरहेको अन्तरविरोध राम्ररी बाहिर आउन नसकेको बताउनु भयो । मजदुर किसानबाट पार्टी टाढा भएको हुँदा पार्टीले भोगिराखेको यातनाका बारेमा पार्टीभित्र विभिन्न धारणा अभिव्यक्त भईरहेको उहाँको भनाई छ । उहाँले यो अन्तरविरोधलाई महाधिबेशनमा लगेर महाविवादको रुपमा चलाउनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

कार्यकारी भुमिकामा निरन्तर रहनुहुँदैन 
उहाँले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी युवा पुस्तालाई दिनुपर्नेमा जोड दिनुभयो । खास उमेरमा पुगेपछि, अनुभव गरिसकेपछि पनि कार्यकारी भुमिकामा रहनु उचित नहुने उहाँको भनाई छ । क्रान्तिको नेतृत्व गर्न, अगुवाई गर्न पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी नभएको उहाँले बताउनु भयो । युवा नयाँ उत्साह भएकाहरुलाई पदाधीकारी ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । वैचारिक रुपमा, राजनितिक रुपमा अगुवाई गर्ने गरी संगठनमा पनि नयाँ प्रकारको संरचना बनाउन आवश्यक रहेको उहाँको भनाई छ । उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई हटाएर मात्रै पनि समस्याको समाधान नहुने बताउनुु भयो । एउटा व्यक्तिलाई मात्रै फेरेर केही नहुने भन्दै उहाँले पूरै कार्यदिशा, रणनिति र नेतृत्व फेर्नुपर्ने आवश्यकता  औंल्याउनु भयो ।

Nepal life insurance

उहाँले भन्नुभयो, ‘अब एउटा खास उमेरमा पुगेपछि, खास अनुभव गरिसकेपछि हामीले अर्को रोलमा जानुपर्छ । हामीले अर्को भुमिका निर्वाह गर्नुपर्छ । हामी कार्यकारी भुमिकामा रहनु हुँदैन । ठीक छ, क्रान्तिको नेतृत्व गर्ने, अगुवाई गर्ने तर त्यसको निम्ति पार्टीको कार्यकारी पदमा बसिराख्न जरुरी छैन । जसले ईतिहासमा एउटा भुमिका खेलिसकेको छ । त्यो भुमिका खेल्नेहरुले अब पदाधिकारी बनिरहन पर्दैन । पदाधिकारी चाहीँ हामी युवालाई, नयाँ उत्साह भएकाहरुलाई ल्याउन सक्छौँ । हामीले वैचारिक रुपमा, राजनितिक रुपमा अगुवाई गर्नसक्छौँ । नेतृत्व दिनुसक्छौ । त्यसको निम्ति अब संगठनमा पनि नयाँ प्रकारको संरचना बनाउन आवश्यक छ ।’ 

पार्टीको कार्यदिशा, रणनिति, नेतृत्व सवै क्रान्तिकारीकरण हुनुपर्ने उहाँको भनाई छ । यस्तै उहाँले पारदर्शीता हुनुपर्नेमा जोड दिनुभयो । प्रजातन्त्र र समाजवादसँग पारदर्शी शब्दको अविभाज्य सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै उहाँले हाम्रो जीवन लुकेको छ भने जनताले शंका गर्ने बताउनु भयो । – एजेन्सी

 

Nepal life insurance