८७ बर्षीया नाइजेरियाली वृद्धाले अहिलेसम्म एक सय सात विवाह गरे, १८५ सन्तान


८७ बर्षीया नाइजेरियाली वृद्धा बेल्लो मसाबाले अहिलेसम्म एक सय सात विवाह गरेका छन् । तीमध्ये ८६ श्रीमती उनीसँगै छन् । सबै श्रीमतीबाट गरेर जन्मेका एक सय ८५ सन्तानमध्ये एक सय ३३ जीवित छन् । अहिले पनि उनको बिहेमोह मरेको छैन । कसैले बिहेको प्रस्ताव ल्याए मसाबा इन्कार गर्दैनन् ।



उनकी कान्छी पत्नीको उमेर १९ वर्ष छ । यो उनको उमेरभन्दा ६४ वर्षले कम हो । १२ वटी श्रीमतीलाई उनी आफैँले तलाक दिएर छाडेका हुन् । ४०औँ नम्बरकी पत्नी ऐसुतुले भनिन्, हामीबीच अहिलेसम्म कहिले खटपट र किचलो भएको थाहा छैन ।उनका कान्छो बच्चा भर्खर एक महिनाको भयो । सबै एउटै परिवारमा मिलेर बसेका छन् ।

 


 

मसाबा बालबालिकाबारे बोल्न त्यति रुचाउँदैनन् । चारतले घरको ८९ कोठामा बस्दै आएका उनलाई न ठूलो परिवार भएकोमा चिन्ता छ, न सबैको पालनपोषण गर्न नै दिक्क छ । उनले झारफुक गरेर परिवार पालेका छन् । भन्छन्, झारफुकको कमाइ राम्रै छ ।कुरानले चारवटीसम्म श्रीमती राख्न छुट दिएको छ । उनले यो मान्यता तोडेकाले नाइजेरिया सरकार र समाजले उनलाई राम्रो दृष्टिले हेर्दैन । मसाबालाई प्रहरीले गिरफ्तार गरेको थियो । तर, उनका सबै श्रीमती सरकारका विरुद्धमा प्रदर्शनमा उत्रिए ।

अदालतसमक्ष सबै श्रीमतीहरूले आफूहरू राजीखुसी भएको बताएका छन् ।स्कुलपछि मसबाले २१ वर्षसम्म सामान्य कपडाको व्यापार गरे । त्यतिबेला उनका दुइटा मात्र श्रीमती थिए । दुबै बिमारी भए । जति नै उपचार गर्दा पनि निको भएन । त्यसपछि उनी आफैँ झारफुकतिर लागे । सन् १९८० को दशकमा भगवान्को आज्ञा भन्दै उनले विवाह गर्न थाले वर्षमा पाँचका दरले ।