काठमाण्डौं भदौ २६ गते । भारतको मुम्बईमा यही भदौ २९ गतेदेखि असोज ७ गतेसम्म संचालन हुने चौथौं मुम्वई मेयस्र कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सहभागि हुन ७ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
राखेप प्रचारप्रसार प्रमुख केशरी चित्रकारको नेतृत्वमा खेलाडीहरु प्रचण्डमान मालाकार गोबिन्द खड्का आशानारायण लवट बिजय महर्जन तथा फोटो पत्रकार दुर्गाप्रसाद दुलाल र आर्विटर धर्मरत्न बज्राचार्य रहेका छन् । निजहरुलाई आजै एक समारोहबीच राखेप समीक्षालयमा नेपाल बुद्धिचाल संघका अध्यक्ष एवं विश्व बुद्धिचाल महासंघ फिडेका कार्यकारी सदस्य राजेशहरि जोशीले बिदाई गर्नुभयो ।