दिल्लीमा भुस्साहा कुकुरले प्रतिदिन टोक्छ १० हजार सर्बसाधारण, फैसाला आउँदै

imagesimages

 

दिल्लीमा भुस्साहा कुकुरले प्रतिदिन टोक्छ १० हजार सर्बसाधारण, फैसाला आउँदै

नयाँ दिल्ली, ६ भदौं । दिल्ली–एनसीआरबाट आवारा कुकुर हटाउने वा नहटाउने भन्ने विषयमा सर्वोच्च अदालतले आज ठूलो फैसला सुनाउने भएको छ।

Nepal life insurance

गत अगस्ट ११ मा दिएको आदेशमा अदालतले सडकमा घुम्ने छाडा कुकुरका लागि छुट्टै शेल्टर होम निर्माण गर्नुपर्ने आदेश दिएको थियो तर अदालतको यो आदेशपछि धेरै उजुरीहरू अदालतमा परेका छन् ।

यी याचिकाहरूको सुनुवाइ पछि गत अगस्त १४ मा सर्वोच्च अदालतको तीन न्यायाधीशको विशेष इजलासले आफ्नो निर्णय सुरक्षित राखेको थियो । सुनुवाइका क्रममा सोलिसिटर जनरल तुषार मेहताले सन् २०२४ मा करिब ३७.१५ लाख कुकुरको टोकाइका घटना दर्ता भएका अर्थात् प्रतिदिन १० हजारको संख्यामा रहेको बताएका थिए।

अदालतले गत अगस्त ११ मा दिएको फैसलाको पछि चर्को विरोध भएको थियो । अदालतको यस निर्णयको विरोधमा पशु प्रेमीहरूले दिल्लीको इन्डिया गेटमा मैनबत्ती मार्च पनि निकालेका थिए। अदालतले आफ्नो फैसला फिर्ता लिन पनि माग गरेको छ । अदालतमा जनताको बढ्दो उजुरीलाई ध्यानमा राख्दै सर्वोच्च अदालतले यस मुद्दाको सुनुवाइका लागि तीन न्यायाधीशको नयाँ इजलास गठन गरेको छ ।

images

 

Nepal life insurance

images