गुल्मी–अर्घाखाँची सम्पर्क समाज गैँडाकोटद्वारा तीज विशेष कार्यक्रम सम्पन्न (तस्बिर सहित )

imagesimages

 

गैँडाकोट । गुल्मी–अर्घाखाँची सम्पर्क समाज गैँडाकोटको आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रम शुक्रबार गैँडाकोटमा सम्पन्न भएको छ ।तीजको अवसर पारेर आयोजित कार्यक्रममा सहभागी महिलाहरूले दर खाने परम्परा पालन गर्नुका साथै शुभकामना आदान–प्रदान गर्दै तीज गीतमा रमाइलो नृत्य गरेका थिए ।

Nepal life insurance

कार्यक्रम समाजका अध्यक्ष गोविन्द घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो । सो अवसरमा गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने रेडियोलोजिष्ट डाक्टर रमेश घिमिरे विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खनालले तीजजस्ता मौलिक पर्वले समाजमा सांस्कृतिक एकता, आपसी सद्भाव र महिला सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । उहाँले “परम्परा र संस्कृतिको जगेर्ना नगरेसम्म हाम्रो पहिचान कमजोर हुन्छ, त्यसैले यस किसिमका कार्यक्रम समाजलाई अझ एकताबद्ध बनाउन सहायक हुन्छन्,” भन्नुभयो ।

त्यस्तै, समाजका अध्यक्ष गोविन्द घिमिरेले सम्पर्क समाजले सामाजिक एकता र सहकार्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि विभिन्न कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले “हाम्रो उद्देश्य केवल पर्व मनाउनु मात्र होइन, आपसी आत्मीयता र संस्कृतिको संरक्षण गर्नु पनि हो,” भन्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रमको सञ्चालन तथा सहजीकरण समाजका सचिव इश्वरी प्रसाद घिमिरेले गर्नुभएको थियो ।समाजले यस किसिमका कार्यक्रमहरूले स्थानीयमा आपसी एकता, सुसंस्कृति जगेर्ना र मौलिक परम्परागत पर्वको महत्वलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ । – UK

थप तस्बिर :

  

 

Nepal life insurance

अन्य समाचारहरु