भुमिकास्थान सम्पर्क समिती अर्घाखाँची युएईको तिज बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न

मिति २४ अगस्ट २०२५ आइतबारको दिन भुमिकास्थान सम्पर्क समिती अर्घाखाची युएइको तिज विशेष तथा दरखाने कार्यक्रम सहित भब्य सास्कृतिक कार्यक्र सम्पन्न भएको छ।
युएइको बरदुबइ स्थित रक नमस्ते क्ल्बमा भएको उक्त कार्यक्रममा युएइका विभिन्न क्षेत्रमा कार्यरत भुमिकास्थानबासी दिदिबैनी दाजुभाइहरुको व्यापक उपस्थिती ले गर्दा कार्यक्रम स्थल दर्सकले खचाखच भरिएको थियो।


भुमिकास्थान सम्पर्क समिती अर्घाखाची युएइका अधक्ष्य दिपक शाह ठकुरिको अधक्ष्यतामा सुरु भएको औपचारिक कार्यक्रमको सन्चालन सस्थाका महासचिब भिम केसीले सन्चालन गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा अर्घाखाची सम्पर्क समिती युएइका अधक्ष्य जेपि पोख्रेल हुनुहुन्थ्यो भने विशिष्ट अतिथिको रुपमा लुम्बिनी प्रदेस समाजबाट चिरन आचार्यको उपस्थिती थियो।
लुम्बिनी प्रदेस भित्रका विभिन्न जिल्ला तथा पालीका का सघ सस्थाहरुको प्रतिनिधित्व रहेको उक्त कार्यक्रममा युएइमा रहेर आफ्नो कला र गला लाई निरन्तरता दिएका कलाकार तथा पत्रकारहरुको पनि उपस्थित थियो। जस्ले गर्दा कार्यक्रम लाई अत्यन्तै सानदार बनाएको थियो।

  त्यस्तै प्रमुख अतिथिको रुपमा बोल्दै जेपि पोख्रेलले भुमिकास्थान सम्पर्क समितिको पहिलो तिज विशेष सास्कृतिक कार्यक्रम ऐतिहासिक भएको भन्दै यसले भोलीका दिनमा सामाजिक कार्यमा अझ बल पुग्ने बताउनु भएको थियो भने विशिष्ट अतिथिको रुपमा बोल्दै चिरन आचार्यले भुमिकास्थान सम्पर्क समिति सस्था नया भएपनी यो सस्था एकदमै जागरुक र हरेक कोणबाट बलियो रहेको बताउनु भएको थियो। त्यस्तै कार्यक्रममा सम्रक्षक कृष्ण भुसालले सस्थाले युएइमा रहेका नेपालीहरु बिचमा अझ बलियो सम्बन्ध बनाउदै जानू पर्ने बताउनु भएको थियो । सस्थाका अधक्ष्य दिपक शाह ठकुरिले कार्यक्रम सफल पार्न उपस्थित सबै अतिथी, कलाकार, पत्रकार, दाजुभाइ दिदिबैनिहरुलाइ धन्यबाद दिदै भोलीका दिनहरुमा युएइमा रहेका सामाजिक सस्थाहरु सङ्ग नेपाली हरु बिच आइपर्ने समस्याहरुमा समन्वय र सहकार्य गर्ने प्रतिबद्दता जनाउदै औपचारिक कार्यक्रमको समापन गर्नुभएको थियो।
त्यसपछी कार्यक्रमको दोश्रो चरणमा तिज विशेष सास्कृतिक कार्यक्रमको सन्चालन नबराज ठकुरिले गर्नु भएको थियो।उक्त कार्यक्रममा नेपाल बाट अर्घाखाचिका चर्चित लोकदोहोरी कलाकार वसन्त लम्साल र वसन्त घर्तिको पनि उपस्थिती रहेको थियो।

अन्य समाचारहरु