ग्रीनल्याण्डमा अमेरिकाले गोप्य अभियान चलाएको डेनमार्कको आरोप

imagesimages

 

काठमाडौँ । डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेनले शीर्ष अमेरिकी कूटनीतिज्ञलाई बोलाएका छन् । बुधबार देशको राष्ट्रिय प्रसारकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित तीन व्यक्तिले ग्रीनल्याण्डमा गोप्य प्रभाव अभियान चलाएको रिपोर्ट जारी गरेपछि यो कदम चालिएको हो ।

Nepal life insurance

ग्रीनल्याण्ड आर्कटिक क्षेत्रमा अवस्थित एक विशाल र अर्ध-स्वायत्त डेनिस क्षेत्र हो । ट्रम्पले यो क्षेत्र किन्न चासो देखाएका थिए । यद्यपि, डेनमार्क र ग्रीनल्याण्ड दुवैले स्पष्ट रूपमा भनेका छन् कि टापु बिक्रीको लागि छैन । यसैबीच ग्रीनल्याण्डमा गुप्तचर सङ्कलन गर्ने अमेरिकाको प्रयासको निन्दा गरेका छन् ।

राज्य प्रसारक डीआरले बुधबार सरकार र सुरक्षा एजेन्सीहरूले ग्रीनल्याण्ड र अमेरिकाका केही व्यक्तिहरूले नाम न छाप्ने सर्तमा, ट्रम्पसँग सम्बन्धित कम्तिमा तीन अमेरिकीहरूले ग्रीनल्याण्डमा गोप्य प्रभाव अभियान चलाइरहेको पुष्टि गरेपछि विदेशमन्त्रीले अमेरिकी कुटनितिज्ञलाई बोलाएका हुन् ।

रिपोर्टका अनुसार, अमेरिकी अपरेशनको उद्देश्य ग्रीनल्याण्डका जनतामा डेनमार्कसँगको सम्बन्धलाई कमजोर पार्नु रहेको बताइएको छ । तर अमेरिकाले कसरी कम गरिएको छ भने रिपोर्टमा स्पष्ट रहेको छैन ।

डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेनले एक विज्ञप्तिमा भनेका छन्- ‘हामीलाई थाहा छ, विदेशी शक्तिहरू ग्रीनल्याण्ड र डेनमार्कमा यसको स्थितिमा चासो राख्छन् । त्यसैले यदि कुनै बाह्य शक्तिले डेनमार्कको भविष्यलाई प्रभाव पार्ने प्रयास गर्छ भने, यो अचम्मको कुरा होइन । डेनमार्कको आन्तरिक मामिलामा कुनै पनि प्रकारको हस्तक्षेप पूर्ण रूपमा अस्वीकार्य छ । त्यसैले मैले विदेश मन्त्रालयलाई अमेरिकी चार्ज डी’अफेयर्सलाई बैठकको लागि बोलाउन आग्रह गरेको छु ।’

उनले डेनमार्क र ग्रीनल्याण्ड सरकारहरू बीचको सहयोग बलियो र पारस्परिक विश्वासमा आधारित रहेको पनि बताए ।

 

Nepal life insurance