जर्मनमा अब स्वैच्छिक रूपमा सेनामा भर्ना हुन पाइने

imagesimages

 

बर्लिन, १२ भदौं । जर्मन संसदले स्वैच्छिक सैन्य सेवा विधेयक पारित गरेको छ ।

Nepal life insurance

यो बिधेयक पारित भएपछि जनताले आफ्नो इच्छाअनुसार सेनामा काम गर्न पाउनेछन् । रुसबाट सुरक्षा खतरा महसुस गर्दै यो जर्मन संसदले यो बिधेयक पारित गरेको हो ।

बिधेयकमा उल्लेख नियमअनुसार १८ वर्ष वा सोभन्दा माथिका युवाले क्षमताअनुसार सेनाको फारम भरेर ६ महिनाको तालिम लिन सक्नेछन्  । जर्मनीका

रक्षामन्त्री बोरिस पिस्टोरियसले यस योजना अन्तर्गत रिजर्भ सैनिकको संख्या दोब्बर हुने बताएका छन् । यीमध्ये केही युवालाई सेनामा पनि जागिर दिइने छ । जर्मनीमा हाल १ लाख रिजर्भ सैनिक छन् । रक्षामन्त्रीले सन् २०३० सम्ममा सेवामा रहेका सैनिकको संख्या १ लाख ८० हजारबाट २ लाख ६० हजार पु¥याउन चाहेको बताए । र, उनले भने, ‘यो बिधेयक पारित भए पछि जर्मनीको सुरक्षा बलियो बनाउन सकिन्छ।’

तर, जर्मन चान्सलर फ्रेडरिक मर्ज भने यस विधेयकबाट खुसी छैनन्। मर्जले जर्मनीमा भर्तीको पुनः परिचयको वकालत गरिरहेका छन्।

images

 

Nepal life insurance

images