हलिउड स्टार स्कारलेट जोहान्सनको नांगो फोटो इन्टरनेट मार्फत सार्वजनिक भएपछि त्यसले सनसनी मच्चाएको छ । यसअघि निकै सभ्य र गम्भिर ठानिएकी जोहान्सनका दुइवटा नांगा फोटा अकस्मात इन्टरनेट मार्फत सार्वजनिक भएका हुन् । सार्वजनिक भएका दुइवटा फोटामध्ये एउटामा सरिरको माथिल्लो अंग निर्वस्त्र छ भने अर्कोमा सरिरको तल्लो भाग निर्वस्त्र छ ।
जोहान्सनले आफ्ना फोटा खिचरे निजि मोबाइल फोनमा राखेकोमा गएको मार्चमा उनको मोबाइल ह्याक गरी ह्याकरले ती फोटा चोरेको बताइएको छ । जोहान्सनका फोटा सहितको रिपोर्ट सबैभन्दा पहिले वेभसाइट टी एम जेड डट कमले छापेको थियो । त्यसपछि त्यो समाचार र फोटालाई लाखौँले फेसबुक र टि्वटरमार्फत सेयर गरेका छन् । अहिलेसम्म यी फोटाहरु ६ लाख ७५ हजार पटक हेरिएको वासिंटन पोष्टले जनाएको छ ।
आफ्ना नांगा फोटा सार्वजनिक भएपछि आक्रोसित बनेकी जोहान्सनले यस्तो अपराधको विरुद्धमा अमेरिकी खुबिया एजेन्सी एफबीआइमा उजुरी गरेकी छिन् । साथै उनले आफ्ना वकिल मार्फत सबै वेभसाइटबाट आफ्ना निर्वस्त्र तस्वीर हटाउन लगाउन पनि आग्रह गरेकी छिन् ।
सुरक्षा विशेषज्ञहरु भने हरेक सेलिब्रेटीको नग्न तस्वीर सार्वजनिक हुनुमा उनीहरुकै गल्ती भएको बताउाछन् । रहरबाजी गरेर नांगो फोटो नखिचाउन र त्यस्ता फोटा आफ्नो इमेलमा नराख्न पनि उनीहरु आग्रह गर्छन् । यदि आफ्नो इमेलको पासवर्ड कमजोर भएमा ह्याकरहरुले सजिलै इन्टरनेट ह्याक गरी त्यस्ता फोटा प्राप्त गर्न सक्छन् । ह्याकरहरुले यसरी सेलिब्रेटीका गोप्य कुराहरु प्राप्त गरी विभिन्न संचार माध्यम वा वेभसाइटहरुलाई बेचेर प्रसस्त पैसा कमाउने गर्छन् । यो वर्ष हलिउड सेलिब्रेटी भनेस्सा हट्जेन र जेसिका अल्बाका पनि नग्न तस्विर सार्वजनिक भैसकेका छन् ।