अफगानिस्तानका भुकम्प प्रभावितलाई भारतले पठायो राहत सामाग्री

imagesimages

 

काठमाडौँ । अफगानिस्तानमा भूकम्पमा ८०० भन्दा बढीको मृत्यु हुने गरि आएको भूकम्पमा प्रभावितका लागि भारतले सहयोग पठाएको छ ।

Nepal life insurance

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले भारतले अफगानिस्तानको लागि मानवीय सहायता पठाएको जानकारी दिएका हुन् ।

यसअघि सोमबार विदेशमन्त्री एस जयशंकरले अफगानिस्तानका विदेशमन्त्रीसँग कुरा गरेका थिए । जयशंकरले भनेका थिए- ‘आज अफगानिस्तानका विदेशमन्त्री मौलवी अमीर खान मुत्ताकीसँग कुरा गरे । भूकम्पमा भएको ज्यान गुमाउनेप्रति समवेदना व्यक्त गरे । भारतले आज काबुलमा १००० परिवारका लागि पाल पठाएको छ । भारतीय नियोगले तुरुन्तै काबुलबाट कुनारमा १५ टन खाद्यान्न सामग्री पठाएको छ ।’

भारतीय विदेशमन्त्रीले मंगलबारदेखि भारतबाट अफगानिस्तानमा थप राहत सामग्री पठाइने पनि बताए । उनले भारत यो कठिन समयमा अफगानिस्तानको साथमा उभिएको उल्लेख गरेका छन् ।

 

Nepal life insurance