कर्णाली यशविसको लगातार दोस्रो जित

imagesimages

 

पोखरा । पोखरामा जारी एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा कर्णाली यशविसले लगातार दोस्रो जित हासिल गरेको छ ।

Nepal life insurance

शनिबार सम्पन्न दोस्रो खेलमा कर्णालीले लुम्बिनी लाभासलाई प्रतिष्पर्धात्मक खेलमा ३-१ को सेटले जितेको हो ।

पहिलो सेटमा २३-२५ ले हार बेहोरेको कर्णालीले खेलमा कमब्याक गर्दै २५-११, २५-१४ र २५-२२ ले खेल जितेको थियो । यस खेलमा लुम्बिनीकी अरुणा शाही सहकर्मी खेलाडीसँग ठोक्किएर घाइते भएपछि खेलको बीचमै अस्पताल लगिएको छ ।

शुक्रबारदेखि जारी लिगमा कर्णालीको यो लगातार दोस्रो जित हो । कर्णालीले उद्घाटन खेलमा पोखरा निन्जाजलाई पराजित गरेको थियो ।

अब आजको तेस्रो खेल पोखरा निन्जाज र मधेश युनाइटेडबीच हुने तालिका रहेको छ ।

 

Nepal life insurance