श्रेयस अय्यरको कप्तानीमा भारतीय ए टिमको घोषणा

imagesimages

 

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले भारतीय ए टोलीको घोषणा गरेको छ । यस टोलीको कप्तानी स्टार ब्याट्सम्यान श्रेयस अय्यरलाई सुम्पिएको छ भने विकेटकिपर ब्याट्सम्यान ध्रुव जुरेललाई उपकप्तान बनाइएको छ ।

भारतीय ए टोलीले अष्ट्रेलिया ए विरुद्ध चार दिने दुई खेल खेल्ने तालिका रहेको छ । पहिलो खेल सेप्टेम्बर १६ बाट खेलिनेछ भने दोस्रो खेल सेप्टेम्बर २३ बाट सुरु हुनेछ । दुवै खेल लखनऊमा हुने छन् ।

पहिलो खेल सकिएपछि, केएल राहुल र मोहम्मद सामीलाई टोलीमा  समावेश गरिने बोर्डले जनाएको छ । सेप्टेम्बर ९ देखि सुरु हुने एसिया कप २०२५ को लागि छनोट गरिएको टोलीमा केएल र सिराज छैनन् ।

श्रेयसलाई एसिया कप टोलीमा बेवास्ता गरिएपछि प्रश्नहरू उठिरहेका थिए। राम्रो फर्मको बाबजुद पनि उनी टोलीमा पर्न सकेनन् । अय्यरले आईपीएल २०२५ मा ब्याटिङबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले १७ इनिङमा ६०४ रन बनाएका थिए भने उनको औसत ५०.३३ र स्ट्राइक रेट १७५.०७ थियो । दुई चार दिने खेलपछि, कानपुरमा भारतीय ए र अष्ट्रेलिया ए बीच तीन एकदिवसीय खेलको सिरिज पनि खेलिने बताइएको छ । यसका लागि बीसीसीआईले छुट्टाछुट्टै टोली घोषणा गर्ने बताएको छ ।

भारतीय ए टिम- श्रेयस अय्यर (कप्तान), ध्रुव जुरेल (उप-कप्तान र विकेटकिपर), एन जगदीसन (विकेटकिपर), अभिमन्यु ईश्वरन, साई सुदर्शन, , देवदत्त पडिक्कल, हर्ष दुबे, आयुष बडोनी, नितीश कुमार रेड्डी, तनुश कोटियन, प्रसिद्ध कृष्ण, गुरनूर ब्रार, खलील अहमद, मानव सुथार र यश ठाकुर ।

 

Nepal life insurance