इटहरीमा गोली लागेर २ जनाको मृत्यु

imagesimages

 

सुनसरीको इटरहरीमा गोली लागेर २ जना प्रदर्शनकारीको मृत्यु भएको छ।  जेन जीहरूले इटहरीमा पनि भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका थिए। उग्र भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थ‍ियो।

Nepal life insurance

प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाका प्रमुखको कार्यकक्षमा आगजनी पनि गरेका छन्।

भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सडकमा उत्रिएका युवा प्रदर्शनकारीहरूले प्रहरीको सुरक्षा घेरा तोड्दै मेयरको कार्यकक्षमा प्रवेश गरी तोडफोड र आगजनी गरेको स्थानीय प्रशासनले जनाएको छ।

सोमबार उपमहानगरपालिकाको कार्यालयअगाडि भेला भएका विभिन्न कलेज र विद्यालयका विद्यार्थीहरूले भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरूले सुशासन र पारदर्शिताको माग गरेका थिए। प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भए पनि मध्याह्नतिर प्रदर्शनकारीहरू उग्र बन्दै गएका थिए।

आन्दोलनले उग्ररुप लिएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। सोमबार दिउँसो साढे ३ बजेदेखि अर्को सूचना नभएसम्मका लागि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ।

 

Nepal life insurance

अन्य समाचारहरु