




काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन् ।
“नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना,” मोदीले भनेका छन्, “नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ ।”


जेन्जीको आन्दोलनसँगै तत्कालीन प्रधानमन्त्री कपी शर्मा ओलीले राजीनामा दिएपछि शुक्रबार राति कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ पनि गराइसकेका छन् ।



