शान्तिपुर्ण समाधानको स्वागत गर्दै अमेरिकाको राष्ट्रपति पौडेल र युवा नेताहरूको प्रशंसा

imagesimages

 

काठमाडौँ । अमेरिकाले जेनजी आन्दोलनका क्रममा भएका दुखद घटनाहरूपछि शान्तिपुर्ण समाधानको स्वागत गरेको छ ।

काठमाडौँस्थित अमेरिकी दुताबासले आइतबार बिहान लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दै दुखद घटनाहरूपछि शान्तिपुर्ण समाधानको स्वागत गरेको हो ।

Nepal life insurance

साथै अमेरिकाले दुखद समयमा नेपालको साथमा रहेको बताउदै नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देललाई संक्रमणलाई सहज बनाउदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान व्यक्त गरेको छ ।

अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा अमेरिका नेपालसँग सहकार्य गर्न तयार रहेको दुताबासले उल्लेख गरेको छ ।

दुताबासले भनेको छ- 

नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सम्माननीय सुशीला कार्की नियुक्त हुनुभएको छ । गत हप्ताको दुखद घटनाहरूपछिको शान्तिपुर्ण समाधानको हामी स्वागत गर्दछौं ।

हामी लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दछौं, यद्यपि यो दुखद समयमा हामी नेपालसँग शोकमा साथ मै छौं। हामी नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देललाई संक्रमणलाई सहज बनाउदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौं। अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा हामी  नेपालसँग सहकार्य गर्न तयार छौं।

 

Nepal life insurance