




काठमाडौं । २०२५ पबजी मोबाइल अफ्रिका कपको फाइनल केन्याको नैरोबीमा शुरु भएको छ । चीनको गेमिङ जायन्ट टेन्सेन्ट र स्मार्टफोन ब्रान्ड इन्फिनिक्सद्वारा आयोजना गरिएको यो प्रतियोगिता अफ्रिकी महादेशमा पबजी मोबाइलको पहिलो ठूलो स्तरको प्रतियोगिता हो ।

जसमा १६ देशका ४८ टोलीहरू सहभागी छन् । प्रतियोगितामा जम्मा ६४ खेलाडीहरूले प्रतिष्पर्धा गरेका छन् । जसमा विभिन्न वर्गहरूमा ८ हजार अमेरिकी डलर पुरस्कार राशि राखिएको छ ।


खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो सीप प्रदर्शन गर्ने अवसरमा उत्साह व्यक्त गरेका छन् । धेरैले अफ्रिकाका युवाहरूका लागि नयाँ अवसरहरू सिर्जना गरेकोमा चिनियाँ प्रविधि फर्महरूको प्रशंसा गरेका छन् ।



