फिल्म ‘परिवर्तन’ को फष्टलुक्स पोस्टर सार्वजनिक

imagesimages

 

काठमाडौँ । फिल्म ‘परिवर्तन’को फष्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले घटस्थापनाको दिनको अवसर पारेर सोमबार फिल्मको पहिलो पोस्टर रिलिज गर्दै आगामी माघ ९ लाई प्रदर्शन मिति घोषणा गरेको हो ।

Nepal life insurance

पोस्टरमा देखिए अनुसार फिल्ममा मुख्य पात्र एक्सन अवतारमा फिल्मका मुख्य अभिनेता सुशील श्रेष्ठ प्रस्तुत भएका छन् । जसमा आगो, लडाइँ र प्रतिशोधको झल्को पाइन्छ । उनले हातमा बोकेको तरबारमा आगोको राप देखिन्छ ।

फिल्ममा एक्सन निर्देशन श्री श्रेष्ठ हुन् । विजय केरुङको निर्देशन रहेको फिल्ममा कथा तथा निर्माण दीपक सिवाकोटीको छ । फिल्ममा सुशील श्रेष्ठका अलवा अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर,हेमन्त बुढाथोकी,सुवास मेचे,बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारी लगायत कलाकारको अभिनय छ ।

फिल्मलाई शिवम अधिकारीले लेखेका हुन । फिल्मको ब्याकग्राउण्ड म्युजिक बलिउडका कालाचरणको छ । निर्माण पक्षका अनुसार फिल्मको कथा, संवाद र गीत–संगीत नेपाली समाजमा परिवर्तनको चाहनासँग सम्बन्धित छ ।

 

Nepal life insurance