– वीरेन्द्र केसी
अर्घाखाँची – स्थानीय विकास मन्त्री एवं माओवादी स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि ९९ प्रतिशत जनता शान्ति र संविधानको पक्षमा उभिएको बेला उपाध्यक्ष मोहन वैद्य पक्षको समुह लगायतले सडकमा गएर सरकारको विरोध गर्नु शान्ति र संविधानको विरोधी भएको आरोप लगाए । उनले शान्ति र संविधान विरोधी तत्व ध्वस्त भएर जाने दावी गर्दै उग्रवामपन्थी भड्काप र उग्रदक्षिणपंथीहरु बीच साँठगाँठ भएर शान्ति र संविधान बन्न नदिन षडयन्त्र हुन लागेको बताए ।
पार्टीबीच गुट र उपगुटको राजनीतिक र व्यक्तिगत स्वार्थ त्यागेर शान्ति र संविधानका कामलाई निष्कर्षमा नपुँयाउनुपर्छ उनले भने काग्रेस र एमाले पनि यहि सरकारमा सहभागी भएर सहयोग गर्नुपर्छ ।
शान्ति प्रकि्रया र संविधान लेखनका काम पुरा गर्न राष्ट्रिय सहमतीको सरकारको विकल्प छैन रायमाझीले भने काग्रेस एमाले पनि सरकारमा सहभागी नभई खुसै छैन । उनले शान्ति प्रकि्रया र संविधान लेखनका काम पुरा गर्न सरकारले तीव्र रुपमा काम अगाडी बढाएको बताउँदै सरकारले केही दिन भित्रै संविधानका खाका बाहिर ल्याउन तयारी गरेको बताए ।
रिपोर्टस्र क्लब नेपाल अर्घाखाँचीले सोमवार सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै रायमाझीले भने कसैले सडकमा विरोध गर्दैमा राँका बाल्दैमा यो सरकार कसैसँग घुँडा टेक्दैन झुक्दैन शान्ति र संविधानका काम पुरा गरेरै छाड्छ । उनले सरकारको विरोध गर्नुको कुनै अर्थ र औचित्य नभएको बताए ।
रायमाझीले लुम्बिनी-सालझण्डी- सन्धिखर्क हुँदै ढोरपाटनसम्म पुग्ने सडक निर्माण कार्य जारी रहेको र पोखरा-रिडी-सुर्खेत सडक निर्माणको काम तत्काल शुरु हुने बताउँदै यसले पश्चिमी क्षेत्रका पहाडी जिल्लाहरुको प्रमुख नाका अर्घाखाँची बन्ने भएकाले यसले सबैलाई ठुला फाईदा पुग्ने बताउँदै सदरमुकाम नजिकै पर्ने अर्घा गाविसको धरमपानीमा विमानस्थल बनाउन पहल भैरहेको बताए ।
उनले जिल्लाको विकास निर्माणमा सबैले सहयोग गर्न आग्रह गर्दै अर्घाखाँचीलाई विकास निर्माणमा कायापलट बनाउने बताउँदै १० वर्ष भित्रमा देशका ७५ जिल्ला मध्ये अर्घाखाँचीलाई नमुना जिल्ला बनाउन आफु नयाँ रणनीति र कार्ययोजनाका साथ लागेको बताए ।
साक्षात्कार कार्यक्रम क्लवका जिल्ला अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षता र सचिव वीरेन्द्र केसीको सचालनमा सम्पन्न भएको थियो ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.