शेयर बजार पुनः ओरालो तर्फ

साताको अन्तिम दिन विहीबार शेयर बजार पुनः ऋणात्मक रहेर थामियो ।

 

यस दिन बजार परिसूचक नेप्से १ अंकले झरेर ३ सय ३३ दशमलब चार सात कायम भयो । वाणिज्य बैंकमा नगन्य सुधार बाहेक अरु कारोबार भएका सबै समूहका सूचक झरेसंगै नेप्से ऋणात्मक रहन गएको हो ।


टेलिकम सूचिकृत अन्य समूह सबैभन्दा उच्च झण्डै ६ अंकले झर्यो । यस दिन नेपाल स्टक एक्सचेन्जमा ८७ कम्पनीको १ लाख कित्ता शेयर १ करोड ५४ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन ४१ कम्पनीको शेयर भाउ घट्यो, २५ को नगन्य बढ्यो भने २१ कम्पनीको शेयर मूल्य यथावत् रहन गयो ।