पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया सुरु

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्रीले पोखरामा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउने प्रक्रिया सुरु भईसकेको बताउनु भएको छ । पोखरा उद्योग वाणिज्य संघको ५७ औ अधिवेशनको उद्घाटन गर्दै उहाँले चिनियाँ टोलीसँग सम्झौता भैसकेकोले छिट्टै विमानस्थल बन्ने वताउनुभयो ।

 

नेपालमा काठमाडौँ बाहेक अन्यत्र अन्तर्राष्ट्रिय स्तरको विमानस्थल नहुँदा काठमाडौँमा ल्याण्ड गर्न नसकेका जहाजहरु बंगलादेश र भारत जानुपर्ने बाध्यता रहेकाले पनि पोखरामा छिट्ट नै विमानस्थल बनाउन सरकार लागि परेको उहाँको भनाइ थियो ।

 

उहाँले फेवातालको किनारबाट अनदु डाँडास्थित शान्तिस्तूपा सम्म केवलकार संचालनका लागि लगानीकर्ता तयार भईसकेको पनि वताउनुभयो ।