आज विश्व खाद्य दिवस । प्रत्येक वर्ष संयुक्त राष्ट्रसंघले अक्टोवर १६ मा यो दिवस मनाउने गरेको छ । सरकारी र गैरसरकारी क्षेत्रबाट पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ ।
पछिल्लो समय विश्वमा चरम खाद्य संकट उत्पन्न भएको छ । त्यसैगरी दैनिक उपभोग्य खाद्यजन्य वस्तुको मूल्य केही समययता आकासिएको छ । सन १९९६ मा विश्व खाद्य शिखर सम्मेलन इटलीको राजधानी रोममा भएको थियो । सम्मेलनले तत्कालिन अवस्थामा विश्वभर भोकमरीको संख्या ८० करोड भएको अनुमान गर्दै यो संख्यालाई सन २०१५ सम्ममा आधा घटाउने योजना बनाएको थियो । तर अवस्था त्यता उन्मुख हुनसकिरहेको छैन ।
पछिल्लो तथ्याङ्क अनुसार नेपालमा खाद्यान्न अपुग हुने जिल्ला ३८ छन् भने खाद्यान्न वचत हुने जिल्ला ३७ रहेको छ ।