तिहारमा झिनियाको व्यापारमा बृद्धि

Photo8

 

– कृष्ण खनाल

 

बुटवल २ कार्तिक  । झिनिया रोटिको व्यापारमा बृद्धि भएको  छ । तिहारमा विशेष परिकार तथा कोसेलीको रुपमा प्रयोग हुने भएकाले यसको विकि्र वढेकॊ व्यापारीहरु बताउँछन । 

 
बुटवल  र यसआसपासका विभिन्न  पसल तथा सडक छेउछाउमा समेत बिकि्रका लागी झिनिया राखेको पाईन्छ ।  जय सन्तोषि मा जनरल स्टोस्र बुटवल ६ हाजबजार लाईनकी संाचालीका सोभा श्रेष्ठले तिहार नजिकीदै जाँदा कारोवारमा विस्तारै बृद्धि हुदै गएको जनाकारी दिईन । उनका अनुसार यस्को व्यापार सुरु भएको केही समय भएको भए पनी व्यापार उत्साहजनक रहेको बताईन । उनले भनिन् -ुतिहार नजिकीदै जाँदा  व्यापार पनि राम्रो छ ।  बुटवलमा आउने झिनिया रोटी अधिकांस पाल्पाबाट आउने तथा स्थानीय रुपमा नै निर्माण गरेर विकि्र वितरण गर्ने गरेको व्यापारीहरुको भनाई रहेको छ ।


पाल्पाको आर्याभाजाङ्गबाट ल्याइएको झिनिया रोटी को बुटवलमा व्यापार गर्दे आएकी सोभा श्रेष्ठले धेरै जसो पाल्पाबाट आउने गरेको वताईन । उनले  अहिले बजारमा न्युनतम ४० रुपैया दर्जन देखी अधिकतम १ सय ५० रुपैया सम्म सम्म पर्ने गरेको समेत जनाकारी दिईन । उनले भनिन् -ु साईज हेरिकन  दर्जनको आधारमा विकि्रवितरण गर्ने गरेकी छु । दैनिक रुपमा ५ देखी ७ सय रुपैया बराबरको व्यापार हुने गरेको उनको भनाईथियो । त्यस्तै बुटवल – ६ को हाटबजार लाईनमै   पाल्पाबाटैै खरिद गरि ल्याइएको  करिव ४० हजार बराबरको झिनिया बिकि्र गर्नका लागी ल्याइएको जनाउदै अर्का व्यापारी राज कुमार गुरुङ्गले पनी तिहार नजिकीदै जाँदा व्यापार उत्साहजनक रहेको जनाकारी दिए । उनले यस पालीको तिहारका करिव ४० हजार बराबरको झिनिया पाल्पाका विभिन्न व्यापारीहरुबाट खरिद गरेर ल्याएकोमा सबै नै विकि्र हुने  समेत आशा व्यक्त गरे । विगत ७ बर्ष यता नै बसे्रनी झिनिया रोटीको व्यापार गर्दे आएका व्यापारी गुरुङ्गले महङ्गले गर्दा गत बर्षमा भन्दा व्यापारमा केहि कमी आएको भए पनि व्यापारमा  राम्रो भएको र तिहान नजिकीदै जाँदा व्यापार राम्रो हुनेमा उनी विश्वस्त थिए । व्यापार सुरु भएको खासै धेरै दिन नभएको भए पनी राम्रो व्यापार भईरहेको उनको भनाई थियो  । उनले दैनिक रुपमा १ हजार ५ सय रुपैया देखी ३ हजार रुपैया सम्मको झिनिया रोटीको व्यापार गर्छन । शनिवार र बुधवार हाटबजारको समयमा बढि रुपमा व्यापार  अझ बढि बढ्ने  गरेको समेत जनाए ।


उनले अहिले विभिन्न आकारमा न्युनतम ६० रुपैया देखी २ सय ४० रुपैया सम्म प्रतिदर्जन मा विकि्र वितरण भईरहेको छ । बजारमा अहिले विभिन्न रङ्गहरुमा रङ्गगाईका झिनिया रोटीहरु यत्र यत्र देखीने गरेका छन । तिहारको चहलपहल विस्तारै बढ्दै जाँदा झिनिया रोटीको  व्यापार पनी उत्साहजनक रुपमा बढ्दै गएको  व्यापारीहरको भनाई छ जस्को कारण  सडक किनारमा यस्को व्यापार गर्ने व्यापारी होस या पसलमा व्यासायीक रुपमा व्यापार गर्ने व्यापारीहरुको आम्दानी समेत बढाएको छ ।