





काठमाडौं । जेनजी युवा मिराज ढुंगानाले नयाँ दल खोल्ने भएका छन् ।
ढुंगानाले पार्टी गठन वार्ता टोलीको घोषणा गर्दै नयाँ दल खोल्ने घोषणा गरेका हुन् । उनले कार्तिक १ गते (शनिबार ) १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको बताए ।


ढुंगानाले पार्टी खोले पनि आफ्ना आफ्ना न्युनतम माग प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित नभएसम्म चुनावमा भने भाग नलिने बताएका छन् । साथै उनले देशले हाल निकास खोजिसकेको बताउदै यस अवस्थामा दल खोल्नुपर्ने निष्कर्षमा पुगेको बताएका छन् । ढुंगाना जेनजी आन्दोलनलाई शुरु गर्ने मध्येका एक हुन् ।
उनले आफ्नो पार्टीमा जोडिन चाहनेहरु वार्ता टोलीसँग सम्पर्कमा आउन समेत सबैलाई अनुरोध समेत गरेका छन् ।



