तेस्रो खेल जित्दै भारतद्वारा उपाधि सुरक्षित

काठमाडौं, ४ कात्तिक तेस्रो एकदिवसीय क्रिकेट खेलमा इंग्ल्यान्डलाई ६
विकेटले पराजित गर्दै श्रृंखलामा ३-० ले अगाडि रहेको भारतले उपाधि सुरक्षित
गरेको छ ।

गएराति मोहालीमा भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको इंग्ल्यान्डले ४
विकेटको नोक्सानीमा २ सय ९८ रन बनायो । उसका लागि जोनाथन ट्रोटले सर्वाधिक
९८ रन बनाए भने समीत पटेलले ७० रनको योगदान दिए ।

 

उता, २ सय ९९ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको भारतले ४ बल बाँकी
छँदै ५ विकेटको नोक्सानीमा ३ सय रन बनाउँदै जित हात पार्‍यो । भारतको जितमा
शुरुवाती व्याट्सम्यानहरु नायक बने जसमा अजिङ्का रहानेले ९१ रन बनाए भने
पार्थीव पार्टीव पटेलले ३८ रनको योगदान दिए ।

 

पाँच खेलको श्रृंखलामा लगातार तीन खेल जित्दै भारतले उपाधि सुरक्षित गरेको छ
भने अब हृवाइसवास गर्ने योजनामा रहेको छ । पछिल्लो महिना इंग्ल्यान्ड
भ्रमणका क्रममा बेइज्जतीपूर्ण हार भोगेको भारतले गृह मैदानमा बदला लिन सफल
भएको छ ।