मेलिसा आँधीको चपेटामा क्यारिबियन क्षेत्र, हालसम्म ३० जनाको मृत्यु

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । क्यारिबियन क्षेत्र हाल आँधी मेलिसाको चपेटामा छ । मंगलबार जमैकामा अवतरण गरेपछि, विनाशकारी आँधी क्युबा र हैटी पुगेको छ, जसमा कम्तिमा ३० जनाको मृत्यु भएको छ र हजारौं घरबारविहीन भएका छन् । तीव्र हावाले घरका छाना उडाएको छ भने बिजुलीका पोलहरू ढालेको छ र सयौं घरहरू डुबानमा परेका छन् ।

जमैकाको सेन्ट एलिजाबेथ क्षेत्रमा पहिरो र बाढीले सडकहरू हिलोले ढाकेका छन् । रिपोर्ट अनुसार २५ हजारभन्दा बढी मानिसहरू राहत शिविरहरूमा छन् । टापुको ७७ प्रतिशत विद्युत आपूर्ति काटिएको छ । सरकारले राहत र उद्धार कार्यमा पूर्ण रूपमा संलग्न रहेको जनाएको छ ।

त्यस्तै क्युबाको स्यान्टियागो प्रान्तमा तीव्र हावा र वर्षाले विनाश मच्चाएको छ । ७ लाख ३५ हजारभन्दा बढी मानिसहरूलाई अस्थायी आश्रयस्थलमा सारिएको छ । स्थानीय मिडियाका अनुसार, धेरै अस्पताल र विद्यालयहरू क्षतिग्रस्त भएका छन्

त्यस्तै हैटी नागरिक सुरक्षा एजेन्सीका अधिकारीले धेरै दर्जन मानिसहरू अझै पनि बेपत्ता छन् । दक्षिणी तटीय शहर पेटिट-ग्वाभमा सबैभन्दा बढी क्षति भएको छ, जहाँ बाढीले दर्जनौं घरहरू ध्वस्त पारेको छ ।

यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्यारिबियन देशहरूमा राहत टोलीहरू तैनाथ गर्ने घोषणा गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि बढ्दो मृत्युको संख्यामा चिन्ता व्यक्त गर्दै प्रहरी र उद्धार एजेन्सीहरूले मानव अधिकारको मापदण्ड अनुसार काम गर्नुपर्ने बताएका छ ।

श्रेणी ५ को आँधीलाई सबैभन्दा खतरनाक श्रेणी मानिन्छ । संयुक्त राष्ट्रसंघले मेलिसा आँधीलाई शताब्दीको सबैभन्दा शक्तिशाली आँधीको रूपमा वर्णन गरेको छ । आँधीले पहिले हाइटी र डोमिनिकन गणराज्यमा प्रहार गरेको थियो, र अब जमैका नजिकिँदै गर्दा यो अझ खतरनाक भएको छ । आँधीले जमैकामा प्रहार गर्दा यसको प्रति घण्टा ३०० किलोमिटरसम्मको हावा र भारी वर्षा ल्याएको थियो ।

 

Nepal life insurance

अन्य समाचारहरु