अभ्यासको क्रममा घाइते भएका युवा अस्ट्रेलियाली क्रिकेटरको मृत्यु

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । अभ्यासको क्रममा घाइते भएका एक युवा अस्ट्रेलियाली क्रिकेटरको मृत्यु भएको छ ।

१७ वर्षीय क्रिकेटर बेन अस्टिनले मेलवर्नमा नेटमा अभ्यास गरिरहेका बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बलले टाउको र घाँटीमा लागेको थियो ।

अभ्यासको क्रममा उनले हेलमेट लगाएको विश्वास गरिएको थियो । मंगलबार घाइते हुँदा आपतकालीन सेवाहरू बोलाइएको थियो । अस्पताल लगिएपछि, बेनलाई लाइफ सपोर्टमा राखिएको थियो । त्यसपछि उपचारको क्रममा उनको बुधबार मृत्यु भयो । उनको क्रिकेट क्लब क्रिकेट भिक्टोरियाले बेन एक प्रतिभाशाली र लोकप्रिय खेलाडी भएको बताएको छ ।

 

Nepal life insurance