जर्मन स्पोर्ट्स वियर कम्पनि पुमाले ९०० कर्मचारी हटाउदै

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । जर्मन स्पोर्ट्स वियर निर्माता कम्पनि पुमाले ठुलो मात्रामा कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।

कम्पनीले २०२६ को अन्त्यसम्ममा विश्वव्यापी रूपमा आफ्नो कर्पोरेट कार्यालयमा रहेका ९०० कर्मचारी हटाउने बताएको हो । कम्पनीले आफ्नो बिक्रीमा निरन्तर गिरावटलाई ध्यानमा राख्दै यो निर्णय गरेको जनाएको छ । पुमाले यस बर्षको तेस्रो त्रैमासिकमा आफ्नो बिक्री १०.४ प्रतिशतले घटेर १.९६ अर्ब युरो (२.२९ अर्ब डलर) भएको बताएको छ । कम्पनीको बिक्रीमा यो गिरावट यस्तो समयमा आएको हो जब कम्पनीले आफ्ना उत्पादनहरूको कम माग र आयातमा अमेरिकी शुल्कको प्रभाव पछि आफ्नो प्रदर्शन सुधार गर्ने प्रयास गरिरहेको छ ।

Nepal life insurance

कम्पनिले यस बर्ष यसअघिनै ५०० कर्मचारीलाई हटाइसकेको छ ।

यस वर्ष अहिलेसम्म कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले घटेको छ। कम्पनीले थोक व्यापार, खुद्रा विक्रेताहरूमा अतिरिक्त इन्भेन्टरी, र ई-वाणिज्य र पूर्ण-मूल्य स्टोरहरूमा प्रवर्द्धनहरू घटाएको बताएको छ, साथै उत्तर अमेरिकामा ठूलो व्यापारीहरूको जोखिम घटाउन थालेको छ ।

कम्पनिले २०२६ को अन्त्यसम्ममा इन्भेन्टरीहरू सामान्यीकृत स्तरमा फर्कने अपेक्षा गरेको छ ।

 

Nepal life insurance